बुधबार, कार्तिक ४,२०८३ 07:13:34
  • बुधबार, कार्तिक ४,२०८३ 07:13:34
Global IME Bank Limited

ईरानका नयाँ सर्वोच्च नेतालाई समेत मार्ने इजरायलको धम्की

Bizshala
ईरानका नयाँ सर्वोच्च नेतालाई समेत मार्ने इजरायलको धम्की
New Office

काठमाण्डौ । इजरायली रक्षामन्त्रीले बुधवार ईरानको आगामी सर्वोच्च नेतालाई पनि टार्गेट बनाइने चेतावनी दिएका छन्। इजरायलले यसअघि शनिवार ईरानमा हवाई हमला गर्दै ८६ वर्षका अयातुल्ला अली खामेनीको हत्या गरेको थियो।

इजरायली रक्षामन्त्री इजरायल काट्जले आफ्नो सामाजिक सञ्जाल पोस्टमा भनेका छन्, ‘ईरानी शासनको इजरायल, अमेरिका र क्षेत्रीय देशहरूमाथि जारी धम्की बर्दाश्त गरिने छैन। ईरानी जनतालाई दबाउन नेतृत्व गर्ने हरेक व्यक्ति इजरायलको लक्ष्यमै पर्नेछ।’

त्यस्तै, इजरायलले मंगलबार ईरानको सर्वोच्च नेता चयन गर्ने असेंबली अफ एक्सपर्ट्स भवनलाई पनि निशाना बनाएको थियो।

Shivam Cement
Mahalaxmi Development Bank
CG Motors

अली खामेनीको कुनै निश्चित वारिस नहुँदा उनका छोरा मोजतबा हुसैनी खामेनेई सम्भावित नयाँ नेता बन्न सक्ने चर्चा भइरहेको छ। हाल ईरानमा तीन सदस्यीय काउन्सिल—अयातुल्ला अलीरेजा अराफी, राष्ट्रपति मसूद पेजेशकियन, र प्रमुख न्यायाधीश गुलाम हुसैन मोहसेनी एजेई—ले सर्वोच्च नेताको चयन प्रक्रिया अगाडि बढाइरहेको छ।

Garima Development Bank
Bizshala
Muktinath Bikas Bank Limited

शनिबारदेखि अमेरिका र इजरायलले ईरानमा निरन्तर हवाई हमला गर्दै ७०० भन्दा बढी व्यक्तिको मृत्यु भएको रिपोर्ट छ। यसमा एक बालिका विद्यालयमा भएका आक्रमणमा १६५ बालिकाको मृत्यु पनि समावेश छ।

ईरानले यसलाई प्रत्युत्तर स्वरूप इजरायल र खाडी क्षेत्रका अमेरिकन सैन्य ठिकानाहरूमा मिसाइल हमला गरेको छ। दुबई, अबु धाबी, कतार र बहराइनमा पनि अमेरिकी ठिकानाहरू लक्षित भएका थिए। यस घटनाले पश्चिम एशियामा व्यापक अस्थिरता सिर्जना गरेको छ।

Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

यो पनि हेर्नुहोस

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.