काठमाण्डौ । साताको चौथो कारोबार दिन सेयरबजारमा ९ अर्ब रुपैयाँमाथिको सेयर कारोबार भएको छ । आज सर्वाधिक कारोबार गर्ने टप १० ब्रोकरमा ७ वटाबाट उच्च खरिद भएको छ भने ३ वटाबाट उच्च बिक्री भएको छ ।
उच्च खरिद गर्ने ब्रोकरहरुमा नासा सेक्युरिटिज, भिजन सेक्युरिटिज, सनि सेक्युरिटिज, एबीसी सेक्युरिटिज, अनलाइन सेक्युरिटिज, श्रीहरि सेक्युरिटिज र त्रिशक्ति सेक्युरिटिज रहेका छन् ।
त्यस्तै, उच्च बिक्री गर्ने ब्रोकरहरुमा इम्पेरियल सेक्युरिटिज, क्यापिटल म्याक्स सेक्युरिटिज र दिपशिखा धितोपत्र एण्ड कारोबार कम्पनी रहेका छन् ।
आज सर्वाधिक सेयर कारोबार गर्ने ब्रोकरमा इम्पेरियल सेक्युरिटिज रहेको छ । उक्त ब्रोकरबाट मात्रै आज १ अर्ब १६ करोड रुपैयाँमाथिको सेयर कारोबार भएको छ । जसमा ४७.७२ प्रतिशत सेयर खरिद भएको छ भने ५२.२८ प्रतिशत सेयर बिक्री भएको छ ।
