बुधबार, श्रावण ६,२०८३ 07:20:01
Bizshala
  • बुधबार, श्रावण ६,२०८३ 07:20:01
Bizshala
Global IME Bank Limited

दैलेखमा ग्यास फेला परेकोमा प्रधानमन्त्रीद्वारा खुसी व्यक्त

दैलेखमा ग्यास फेला परेकोमा प्रधानमन्त्रीद्वारा खुसी व्यक्त
New Office

काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीले दैलेखमा मिथेन ग्यास भण्डारण फेला परेकोमा खुसी व्यक्त गरेका छन् । प्रधानमन्त्री ओलीले सामाजिक सञ्जाल फेसबुकमार्फत भूमिगत ग्यासको स्रोत फेला परेकामा खुसी व्यक्त गरेका हुनु ।  

प्रधानमन्त्री ओलीले लेखेका छन्, ‘दैलेखमा पेट्रोलियम पदार्थको अन्वेषण सुरु गर्दाका दिनहरू सम्झिरहेको छु । समर्थन र विरोधका आवाज थरिथरिका थिए। ११२ अर्ब घनमिटर ग्यास रहेको खबरले ती दिनलाई सम्झाएको छ। यो खुसीको समाचार हो।’

चीन सरकारको सहयोगमा दैलेखको जलजलेमा सुरु गरिएको पेट्रोलियम पदार्थ र प्राकृतिक ग्यास अन्वेषणको प्रारम्भिक नतिजामा यस क्षेत्रमा  १ अर्ब १२ करोड घनमिटर मिथेन ग्यास भएको तथ्य हालै सार्वजनिक भएको थियो ।  

दैलेखको जलजलेमा २०८० वैशाख २८ गतेदेखि चीनको सरकारी निकाय चाइना जिओलोजिकल सर्भेको भौगर्भिक अध्ययन र सीएनपीसी सीबु इन्जिनियरिङ कम्पनीले ड्रिलिङ गरेर अध्ययन सुरु गरेका थिए ।

नेपाल सरकार र चीन सरकारसँग २०७५ सालमा भएको जिटुजी सम्झौताअनुसार चीन सरकारको करिब २ अर्ब ५० करोड अनुदान लागतमा अध्ययनको काम भएको थियो ।  

सन् २०१६ को मार्चमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणका क्रममा दैलेखसहितका स्थानमा पेट्रोलियम पदार्थको अन्वेषण गर्ने सहमति भएको थियो।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.