बुधबार, माघ २३,२०८१ 03:35:46
IME remit
  • बुधबार, माघ २३,२०८१ 03:35:47
IME remit
Global IME Bank Limited

आशा लघुवित्तको आन्तरिक द्वन्द्व: सम्झौता कार्यान्वयन नभएपछि पुनःआन्दोलनको तयारी

Hyundai Nepal
आशा लघुवित्तको आन्तरिक द्वन्द्व: सम्झौता कार्यान्वयन नभएपछि पुनःआन्दोलनको तयारी
Nabil Bank Limited

काठमाण्डौ । सम्झौता कार्यान्वयन नभएपछि आशा लघुवित्त वित्तीय संस्थाका कर्मचारीहरु व्यवस्थापकहरूप्रति फेरी आक्रोशित भएका छन् । साविकको राष्ट्र उत्थान लघुवित्तलाई प्राप्ती गरेपश्चात बनेको आशा लघुवित्तको व्यवस्थापन प्रति असन्तुष्टि जनाउँदै आएका कर्मचारीले यसअघि गरेको सम्झौता कार्यान्वयन नभएपछि आक्रोशित बनेका हुन् ।

 नाम उल्लेख नगर्न आग्रह गर्दै आशा लघुवित्तका एक कर्मचारीले भने, ‘सबै सम्झौता यहि फागुन १६ गतेसम्म कार्यान्वयन गर्नुपर्ने थियो। तर, अहिलेसम्म कर्मचारीको सेवा सुबिधा समायोजन बाहेक अरु कुनै पनि कार्यान्वयनमा नआएको अवस्था छ।’  

Bizshala
CG Motors
Sagarmatha Cement

ती कर्मचारीका अनुसार व्यवस्थापन समूहले आन्दोलनको समयमा भएका सहमति कार्यान्वयन गर्नुको सट्टामा उल्टै तालिमको आयोजना गरि कर्मचारी थर्काएको बताए। अनुगमन अधिकृतहरुले दैनिक एनपीएल नघटाए जागिर छोडेर जान धम्की दिएको उनको भनाई छ। साथै कर्मचारीको अनावश्यक सरूवा घटुवा गरिदिएको उनले बताए।

 यसअघि आशा लघुवित्तका कर्मचारीले विभिन्न माग राख्दै १७ दिनसम्म आन्दोलन गरेका थिए। माग पुरा नभएको खण्डमा करिब दुई सय जनाले संयुक्त राजीनामा दिने बताएकोमा व्यवस्थापक समूहले वार्तामा बोलाई १६ बुंदे सम्झौता गरेको थियो। तर ती सम्झौता पुरा नगरेको भन्दै कर्मचारीहरु पुनः आक्रोशित बनेका छन् ।  

लघुवित्तका प्रमुख कार्यकारी अधिकृत बद्री प्रसाद दुलालले सम्झौताहरु आंशिक कार्यान्वयनमा आईसकेको र केही आउने क्रममा रहेको बताए। सिईओ दुलालले भने, ‘आशा लघुवित्त मात्रै रहँदा यति लामो समयसम्म कहीँकतै यस्तो आन्तरिक कलह भएको थिएन। हामी कर्मचारीको हकहित प्रति सकरात्मक नै छौँ।’ उनले थपे, ‘दुई फरक वातावरण, कार्यशैलीलाई एकिकृत गर्दैगर्दा कहीँकतै बाँझिनु स्वभाविक हो। हामीले मिलाएर जाने विषयमा सकरात्मक नै छौँ। तोकिएकै समयमा अक्षरात्मक पुरा मात्रै नभएको हो, क्रमिक मागको सम्बोधन गरेका छौँ। ’ 

यता कर्मचारीहरु भने युनियन नै दर्ता गरेर अगाडी बढ्ने तयारीमा छन्। साथै सम्झौताहरु कार्यान्वयनमा नआए चैत १ गते देखि पुनः आन्दोलनमा जाने ती कर्मचारीले बनाए। उनका अनुसार कर्मचारीहरु सम्झौता कार्यान्वयन गराईदिन माग गर्दै श्रम तथा रोजगार कार्यालय टेकुमा समेत निवेदन दिने तयारी गरेका छन्।

Muktinath Bikas Bank Limited
Nepal Investment Mega Bank Limited
IME remit
Shivam Cement
New Office
Bizshala
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.