काठमाण्डौ । सिद्धार्थ प्रिमियर इन्स्योरेन्स कम्पनी लिमिटेडको ९ लाख कित्ता बढी संस्थापक सेयर बोलकबोल प्रक्रियामार्फत बिक्रीमा राखिएको छ । आजदेखि कम्पनीको ९ लाख ९४ हजार ६२२ कित्ता संस्थापक सेयर बिक्रीमा राखिएको हो ।
यो सेयर खरिदका लागि विद्यमान संस्थापक सेयरधनीहरुले मात्रै खरिद आवेदन पेश गर्न सक्नेछन् ।
सेयर खरिद गर्न इच्छुक कम्पनीका विद्यमान संस्थापक सेयरधनीहरुले सूचना प्रकाशित भएको ३५ दिनभित्र बबरमहलमा रहेको कम्पनीको प्रधान कार्यालयमा आवेदन दिन सक्नेछन् । निर्धारित समयभित्र आवेदन नआएमा अन्य व्यक्ति तथा कम्पनीलाई उक्त सेयर बिक्री गरिने कम्पनीले जनाएको छ ।