सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको ९.९४ लाख कित्ता संस्थापक सेयर बिक्रीमा
काठमाण्डौ । सिद्धार्थ प्रिमियर इन्स्योरेन्स कम्पनी लिमिटेडको ९ लाख कित्ता बढी संस्थापक सेयर बोलकबोल प्रक्रियामार्फत बिक्रीमा राखिएको छ । आजदेखि कम्पनीको ९ लाख ९४ हजार ६२२ कित्ता संस्थापक सेयर बिक्रीमा राखिएको हो । यो सेयर खरिदका लागि विद्यमान संस्थापक सेयरधनीहरुले मात्रै खरिद आवेदन पेश गर्न सक्नेछन् ।