बुधबार, श्रावण २०,२०८३ 12:01:23
Bizshala
  • बुधबार, श्रावण २०,२०८३ 12:01:23
Bizshala
Global IME Bank Limited

भक्तपुर उद्योग वाणिज्य संघ र सिद्धार्थ प्रिमियर इन्स्योरेन्सबीच बीमा सेवासम्बन्धी सम्झौता

भक्तपुर उद्योग वाणिज्य संघ र सिद्धार्थ प्रिमियर इन्स्योरेन्सबीच बीमा सेवासम्बन्धी सम्झौता
New Office

काठमाण्डौ । भक्तपुर उद्योग वाणिज्य संघ र सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेडबीच सोमबार बीमा सेवा सम्बन्धी सम्झौता भएको छ ।  

सम्झौता पत्रमा भक्तपुर उद्योग वाणिज्य सघको तर्फबाट वरिष्ठ उपाध्यक्ष कृष्णमुरारी न्यौपाने र सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको तर्फबाट नायव महाप्रबन्धक दीपककुमार धूतले हस्ताक्षर गरे । सो अवसरमा वरिष्ठ उपाध्यक्ष न्यौपानेले संघ र सिद्धार्थ प्रिमियर इन्स्योरेन्सबीच बीमा सेवासम्बन्धी सहयोग आदानप्रदान गर्ने प्रयोजनका लागि सम्झौता गरिएको बताए । 

सम्झौताअनुसार संघमा आबद्ध सदस्यहरुलाई बीमा सम्बन्धी सचेतना, बीमा जागरण एवं तालिम सञ्चालन गरिने उनको भनाइ छ । उनले बीमा कुनै पनि व्यक्तिलाई आर्थिक नोक्सान हुँदा वा जोखिम हुँदा दिइने क्षतिपूर्तिको ग्यारेन्टी भएकाले बीमा सबैको लागि जरुरी रहेको बताए ।

सिद्धार्थ प्रिमियर इन्स्योरेन्सका नायव महाप्रबन्धक धूतले भक्तपुर जिल्लाका उद्योगी, व्यवसायीहरुसँग सहकार्य गरी बीमा सम्बन्धी सेवा प्रदान गर्न भक्तपुर उद्योग वाणिज्य संघसँग सम्झौता गरेको स्पष्ट पारे । उनले समयमै बीमा गरे भविष्यमा हुनसक्ने क्षतिबाट राहत रकम मिल्ने भएकाले सबैले बीमा गर्नुपर्नेमा जोड दिए । प्रक्रियागत भएमा दाबी रकम समयमै भुक्तानी हुने प्रतिबद्धता जनाउँदै उनले ढुक्क भएर बीमा सेवा लिन आग्रह गरे ।  

संघका उपाध्यक्ष गणेशहरि प्रजापति, महासचिव नविन प्रजापति, सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेडका बजार व्यवस्थापन विभाग प्रमुख रामजी ढकाल र क्लस्टर मेनेजर नीमा कर्माचार्यको रोहवरमा सम्झौता गरिएको हो ।  

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.