बिहीबार, असार ११,२०८३ 11:11:11
Bizshala
  • बिहीबार, असार ११,२०८३ 11:11:11
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको नाफामा ९१% को संकुचन, ईपीएस पनि उल्लेख्य घट्यो

Laxmi Sunrise Bank Limited
सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको नाफामा ९१% को संकुचन, ईपीएस पनि उल्लेख्य घट्यो

काठमाण्डौ । बीमाशुल्क आम्दानीमा कमी आउदा र दाबी भुक्तानी बढ्दा सिद्धार्थ प्रिमियर इन्स्योरेन्स कम्पनी लिमिटेडको नाफामा संकुचन आएको छ । कम्पनीले चालु आवको तेस्रो त्रैमाससम्ममा ४ करोड १ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो नाफा अघिल्लो आवको सोहि अवधिको तुलनामा ९१.१५ प्रतिशतले कम हो । अघिल्लो आवको सोहि अवधिसम्म भने कम्पनीको खुद नाफा ४५ करोड ३६ लाख रुपैयाँ थियो ।  

कम्पनीले समीक्षा अवधिसम्म १ अर्ब ३० करोड रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ । जुन अघिल्लो आवको १ अर्ब ३७ करोडको तुलनामा ५.०९ प्रतिशतले धेरै हो । कम्पनीको अन्य प्रत्यक्ष आम्दानी २ करोड ८९ लाख,कमिशन आम्दानी ३२ करोड ४५ लाख, लगानी तथा कर्जा आम्दानी २४ करोड ८३ लाख र अन्य आम्दानी १ करोड ९८ लाख रहेको छ ।  

New Office
CG Motors
Garima Development Bank

कम्पनीको कुल आम्दानी १ अर्ब ९२ करोड रहेको छ । अघिल्लो आवमा भने कम्पनीको कुल आम्दानी २ अर्ब १५ करोड थियो । यस्तै कम्पनीको दाबी भुक्तानी बढेको छ । अघिल्लो आवमा ९२ करोड ९५ लाख रुपैयाँ रहेको कम्पनीको कुल दाबी भुक्तानी बढेर १  अर्ब २७ करोड पुगेको छ ।

समीक्षा अवधिसम्म कम्पनीले १ अर्ब ८६ करोड कुल खर्च गरेको छ । कम्पनीको महाविपत्ती कोषको आकार २३ करोड १८ लाख र रिटेन्ड अर्निङ ३३ करोड २७ लाख रुपैयाँबराबर रहेको छ ।  

कम्पनीको चुक्तापूँजी २ अर्ब ८० करोड रुपैयाँ रहेको छ भने सोल्भेन्सी मार्जिन रेसियो ३८५.६ प्रतिशत रहेको छ ।  

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी(ईपीएस) उल्लेख्य घटेको छ । कम्पनीको ईपीएस २१.५५ रुपैयाँबाट घटेर १.९१ रुपैयाँमा सीमित बनेको छ । समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर नेटवर्थ २५०.०६ रुपैयाँ,प्रतिसेयर कुल सम्पत्तिको मूल्य ७६०.९७ रुपैयाँ तरलता अनुपात १.४७ प्रतिशत र मूल्य आम्दानी अनुपात ३९५.४५ गुणा कायम भएको छ ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.