शुक्रबार, जेष्ठ १,२०८३ 08:01:28
Bizshala
  • शुक्रबार, जेष्ठ १,२०८३ 08:01:28
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले राख्यो नेपाल पुनर्बीमा र सीआईटीको २३.१२ लाख कित्ता संस्थापक सेयर बिक्रीमा

Laxmi Sunrise Bank Limited
सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले राख्यो नेपाल पुनर्बीमा र सीआईटीको २३.१२ लाख कित्ता संस्थापक सेयर बिक्रीमा
Shivam Cement

काठमाण्डौ । सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेडले आफ्नो स्वामित्वमा रहेको नेपाल पुनर्बीमा कम्पनी र नागरिक लगानी कोष(सीआईटी)को २३ लाख कित्ता बढी संस्थापक सेयर लिलामीमार्फत बिक्रीमा राखेको छ । 

कम्पनीले नेपाल पुनर्बीमा कम्पनीको २० लाख ७३ हजार ४४६ कित्ता र सीआईटीको २ लाख ३९ हजार ३७ कित्ता गरी कुल २३ लाख १२ हजार ४८३ कित्ता संस्थापक सेयर आजदेखि लिलामीमा राखेको हो । 

Bizshala
New Office
CG Motors

नेपाल पुनर्बीमा कम्पनीको न्यूनतम सेयरमूल्य प्रतिकित्ता २८० रुपैयाँ र सीआईटीको सेयरमूल्य प्रतिकित्ता ७८० रुपैयाँ निर्धारण गरिएको छ ।  

बोलपत्र पेस गर्दा लगानीकर्ताले आफूले लिन चाहेको सेयर संख्या, प्रतिकित्ता दररेट अंक र अक्षरमा स्पष्टसँग लेख्नुपर्छ। सेयर खरिदका लागि बोलपत्र पेस गर्दा नेपाल पुनर्बीमाका लागि न्यूनतम २० लाख ७३ हजार ४४६ कित्ता र सीआईटीको लागि न्यूनतम १५ हजार कित्ताका लागि खरिद आवेदन दिनु पर्नेछ ।  

सेयर बिक्री प्रबन्धकमा एनएमबी क्यापिटल लिमिटेड रहेको छ। बोलपत्र आवेदन काठमाण्डौको बालुवाटारस्थित एनएमबी क्यापिटलको कार्यालयमा आईपुग्ने गरी बोलपत्र आवेदन पेश गर्नुपर्नेछ । यो सेयर खरिदका लागि विद्यमान संस्थापक वा जो कोहि व्यक्ति तथा संघ संस्थाले आवेदन दिन सक्नेछन् । आवेदन दिने अन्तिम मिति चैत २२ गते तोकिएको छ । 

Garima Development Bank
Shivam Cement
IME remit
Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.