नेपाल पुनर्बीमा कम्पनीले शतप्रतिशत हकप्रद जारी गर्ने
काठमाण्डौ । नेपाल पुनर्बीमा कम्पनीले हकप्रदमार्फत पूँजी वृद्धि गर्ने योजना बनाएको छ । कम्पनीले शतप्रतिशत हकप्रद जारी गरी पूँजीवृद्धि गर्ने र आगामी साधारण सभामा विेशष प्रस्ताव पेश गर्ने निर्णय गरेको हो । कम्पनीलाई नेपाल बीमा प्राधिकरणले २०८१ पुस २५ गते पत्र पठाई कम्पनीको पूँजी वृद्धि गर्न निर्देशन दिँदै १ वर्ष अर्थात २०८२ माघ मसान्त सम्मको म्याद थप गरेको थियो ।