काठमाण्डौ । नेपाल पुनर्बीमा कम्पनीकी सञ्चालक दिनुका पोख्रेलको राजीनामा स्वीकृत भएको छ । कम्पनीको साउन ११ गते बसेको सञ्चालक समितिको बैठकले पोख्रेलको राजीनामा स्वीकृत गर्ने निर्णय गरेको हो ।
पोख्रेलले गत साउन २ गते पारिवारीक,व्यक्तिगत तथा स्वास्थ्य अवस्थाका कारण सञ्चालक पदमा रहिरहन नसक्ने भन्दै राजीनामा दिएकी थिइन् ।
उनी विसं २०८० साल असार १५ गते सम्पन्न कम्पनीको आठौं वार्षिक साधारण सभाबाट निर्विरोध रुपमा कम्पनीको सञ्चालक पदमा निर्वाचित भएकी थिइन् ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।