काठमाण्डौ । नेपाल बीमा प्राधिकरणका अध्यक्ष चन्द्रकला पौडेलले नेपाल पुनर्बीमा कम्पनी लिमिटेडको सञ्चालक समितिका अध्यक्ष अमृत लम्साललाई आज प्राधिकरणको केन्द्रीय कार्यालय, कुपण्डोलमा पद तथा गोपनीयताको शपथ गराएकी छन् ।
नेपाल सरकारले भन्सार विभागका उपमहानिर्देशक रहेका लम्साललाई अर्को व्यवस्था नभएसम्मका लागि नेपाल पुनर्बीमा कम्पनीको सञ्चालक समितिको अध्यक्ष तोकेको हो ।
त्यस अवसरमा नेपाल बीमा प्राधिकरणका कार्यकारी निर्देशक सुशील देव सुवेदी र नेपाल पुनर्बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत लगायत पदाधिकारीहरू उपस्थित थिए ।

