आईतवार, असार २१,२०८३ 01:10:38
Bizshala
  • आईतवार, असार २१,२०८३ 01:10:38
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

खर्च चुलिँदा नेपाल पुनर्बीमा कम्पनी ७ अर्ब ९८ करोड घाटामा, ईपीएस ५९.४९ रुपैयाँले ऋणात्मक

Laxmi Sunrise Bank Limited
खर्च चुलिँदा नेपाल पुनर्बीमा कम्पनी ७ अर्ब ९८ करोड घाटामा, ईपीएस ५९.४९ रुपैयाँले ऋणात्मक

काठमाण्डौ । नेपाल पुनर्बीमा कम्पनीले चालु आवको दोस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । जसअनुसार कम्पनीले उक्त अवधिसम्म ७ अर्ब ९८ करोड रुपैयाँ बढी खुद घाटामा रहेको छ । अघिल्लो आवको सोही अवधिसम्म भने कम्पनीले ५३ करोड २६ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।  

खर्च चुलिदा र बीमाशुल्क आर्जन घट्दा कम्पनी घाटा व्यहोर्न बाध्य बनेको हो । यो अवधिमा कम्पनीले १२ अर्ब २६ करोड रुपैयाँ बढी खर्च गरेको छ । अघिल्लो आवको सोही अवधिसम्म भने कम्पनीको कुल खर्च ४ अर्ब १६ करोड मात्रै रहेको थियो ।

New Office
CG Motors
Garima Development Bank

समीक्षा अवधिसम्म कम्पनीको खुद बीमाशुल्क आर्जन समेत बढेको छ । अघिल्लो आवको दोस्रो त्रैमासम्म ४ करोड रुपैयाँ बढी खुद बीमाशुल्क आर्जन गरेको कम्पनीले समीक्षा अवधिसम्म भने ३ अर्ब ६४ करोड मात्रै आर्जन गरेको छ ।

दाबी भुक्तानी उल्लेख्य बढ्दा कम्पनीको कुल खर्चमा दबाब परेको देखिन्छ । कम्पनीले दोस्रो त्रैमासम्म १० अर्ब ७८ करोड रुपैयाँबराबरको दाबी भुक्तानी गरेको छ । अघिल्लो आवमा भने कम्पनीले २ अर्ब ५२ करोड रुपैयाँबराबरको दाबी भुक्तानी गरेको थियो ।

देशमा समग्र आर्थिक र औद्योगिक क्रियाकलापमा कमी आउनु, बैंक तथा वित्तीय संस्थाको घट्दो ब्याजदर र क्याट रिस्कको प्रभावलाई कम्पनीले समस्या तथा चुनौतीको रुपमा पेश गरेको छ ।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

कम्पनीको महाविपत्ती कोषको आकार ४२ करोड ७६ लाख र स्पेशल रिजर्भको आकार ४ अर्ब ९२ करोड रुपैयाँबराबर रहेको छ । कम्पनीको जगेडा कोष ७ अर्ब ५ करोड रुपैयाँले ऋणात्मक अवस्थामा छ ।  

समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी(ईपीएस)५९.४९ रुपैयाँले ऋणात्मक ,प्रतिसेयर नेटवर्थ ९३.१६ रुपैयाँ, प्रतिसेयर कुल सम्पत्तिको मूल्य २८८.४३ रुपैयाँ र पीई रेसियो २२.०४ गुणा ऋणात्मक अवस्थामा रहेको छ । 

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.