काठमाण्डौ । नेपाल पुनर्बीमा कम्पनी सञ्चालकमा सेवन्तक पोखरेल नियुक्त भएका छन् । नेपाल सरकार प्रधानमन्त्री तथा अर्थमन्त्रीस्तरको फागुन ११ गतेको निर्णयानुसार अर्थ मन्त्रालयका सहसचिव पोखरेललाई कम्पनीको सञ्चालक सदस्यमा मनोनयन गरिएको हो ।
पोखरेलले फागुन १९ गतेदेखि पद बहाली गरेको कम्पनीले जनाएको छ ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।