काठमाण्डौ । विशाल ग्रुप लिमिटेडको स्वामित्वमा रहेको नेपाल पुनर्बीमा कम्पनीको ७ लाख कित्ता संस्थापक सेयर बिक्रीमा राखिएको छ । कम्पनीले आफ्नो नाममा रहेको नेपाल पुनर्बीमा कम्पनीको उक्त संस्थापक सेयर आजदेखि बिक्रीमा राखेको हो ।
यो सेयर खरिदका लागि कम्पनीका विद्यमान संस्थापक सेयरधनीहरुले मात्रै खरिद आवेदन दिन पाउनेछन् । सेयरको न्यूनतम मूल्य प्रतिकित्ता ४५० रुपैयाँ निर्धारण गरिएको छ ।
विद्यमान संस्थापकहरुले सूचना प्रकाशित भएको ३५ दिनभित्र बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटलमा आवेदन दिनुपर्नेछ । सेयर खरिदका लागि बोलकबोल गर्दा न्यूनतम १ लाख कित्ता र अधिकतममा सम्पूर्ण कित्ताका लागि आवेदन दिन सकिनेछ ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।