शनिबार, असार १४,२०८२ 10:42:28
  • शनिबार, असार १४,२०८२ 10:42:28
Global IME Bank Limited

अघिल्लो आवमा ४७ करोड घाटामा रहेको नेपाल पुनर्बीमाले कमायो ६ करोड बढी नाफा

Hyundai Nepal
अघिल्लो आवमा ४७ करोड घाटामा रहेको नेपाल पुनर्बीमाले कमायो ६ करोड बढी नाफा
Nabil Bank Limited

काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्जमा सूचीकृत अधिकांश कम्पनीले चालु आवको तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरिसक्दा नेपाल पुनर्बीमा कम्पनीले बल्ल पहिलो त्रैमासको विवरण प्रकाशित गरेको छ । प्रकाशित विवरणअनुसार कम्पनीले चालु आवको पहिलो त्रैमाससम्ममा ६ करोड ३२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो आवको सोही अवधिसम्म भने कम्पनीले ४७ करोड ५६ लाख रुपैयाँ घाटामा थियो ।  

समीक्षा अवधिसम्म कम्पनीको खुद बीमाशुल्क आर्जन बढेको छ । कम्पनीले पहिलो त्रैमाससम्म १ अर्ब ७७ करोड रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ । जुन अघिल्लो आवको सोही अवधिको तुलनामा ३८.४२ प्रतिशतले बढी हो । कम्पनीको कुल आम्दानी पनि १ अर्ब ७३ करोडबाट बढेर २ अर्ब ४० करोड रुपैयाँ पुगेको छ ।  

CG Motors
Muktinath Bikas Bank Limited

कम्पनीले यो अवधिसम्म १ अर्ब ३६ करोड रुपैयाँबराबर खुद दाबी भुक्तानी गरेको छ । अघिल्लो आवको सोही अवधिसम्म भने कम्पनीले १ अर्ब ४३ करोड रुपैयाँ दाबी भुक्तानी गरेको थियो ।  

कम्पनीको कुल खर्च पनि ४.७९ प्रतिशतले बढेर २ अर्ब ३१ करोड रुपैयाँ पुगेको छ । अघिल्लो आवको पहिलो त्रैमाससम्म कम्पनीको कुल खर्च २ अर्ब २१ करोड रुपैयाँ थियो ।  

कम्पनीको महाविपत्ती कोषको आकार ३२ करोड ७२ लाख र स्पेशल रिजर्भको आकार ४ अर्ब ४३ करोड रुपैयाँबराबर रहेको छ । कम्पनीको जगेडा कोषमा ५५ करोड ७७ लाख रुपैयाँ सञ्चित छ ।  

समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी(ईपीएस)०.४७ रुपैयाँ ,प्रतिसेयर नेटवर्थ १४५.५४ रुपैयाँ, प्रतिसेयर कुल सम्पत्तिको मूल्य २४५.२१ रुपैयाँ र पिई अनुपात १७६०.०३ गुणा कायम भएको छ । 

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.