मंगलवार, श्रावण ५,२०८३ 03:21:47
Bizshala
  • मंगलवार, श्रावण ५,२०८३ 03:21:47
Bizshala
Global IME Bank Limited

लक्ष्मी ल्युब आयलले दुईपांग्रे र चारपांग्रे सवारी साधनका लागि निःशुल्क सर्भिस क्याम्प गर्ने

लक्ष्मी ल्युब आयलले दुईपांग्रे र चारपांग्रे सवारी साधनका लागि निःशुल्क सर्भिस क्याम्प गर्ने
New Office

काठमाण्डौ । नेपालका लागि विश्व प्रसिद्ध ब्रान्ड टोटल इनर्जीज् लुब्रिकेन्ट्सको आधिकारिक वितरक, लक्ष्मी ल्युब आयल प्रालिले पहिलोपटक काठमाण्डौ उपत्यका बाहिर दुईपांग्रे र चारपांग्रे सवारी साधनका लागि छुट्टाछुट्टै फ्रि सर्भिस क्याम्प आयोजना गर्न लागेको छ। कम्पनीले सवारीसाधनको दीर्घकालीन सम्भार र इञ्जिन स्वास्थ्यमा जनचेतना फैलाउने उद्देश्यका साथै भैरहवा र बुटवलका स्थानीय ग्राहक, मेकानिक समुदायसँग पनि प्रत्यक्ष सम्पर्क विस्तार गर्ने लक्ष्य राखेको छ।

चारपांग्रे सेवा शिविरः

-स्थानः एडभान्स अटोकेयर, बुटवल

-मितिः असार १२ र १३ गते

-समयः बिहान १० बजेदेखि साँझ ५ बजेसम्म

दुईपांग्रे सेवा शिविरः

–स्थानःधर्मेन्द्र मोटरसाइकल स्पेयर पार्ट्स, भैरहवा

–मितिः असार १९ र २० गते  

–समयः बिहान १० देखि साँझ ५ बजेसम्म

शिविरमा सहभागीहरूले आफ्नो सवारीको इञ्जिनको अवस्था निःशुल्क परीक्षण गराउन सक्नेछन्। साथै, टोटल इनर्जीज् ब्रान्डको उच्चगुणस्तरको लुब्रिकेन्ट बारे जानकारी लिन सक्नेछन्। सहभागीसँग लुब्रिकेन्टको सही प्रयोग, इञ्जिन देखभालका टिप्स, र सेवासम्बन्धी सुझावहरू समेत साझा गरिनेछ।यो अवसर ग्राहकहरूको लागि लाभदायक हुने विश्वास कम्पनीले लिएको छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.