मंगलवार, श्रावण ५,२०८३ 03:14:46
Bizshala
  • मंगलवार, श्रावण ५,२०८३ 03:14:46
Bizshala
Global IME Bank Limited

सेरेसले नेपालभर सुरु गर्यो ‘मनसुन एक्सचेन्ज क्याम्प’ उत्कृष्ट भ्यालुएसन र एक्सचेन्ज बोनसको ग्यारेन्टी

सेरेसले नेपालभर सुरु गर्यो ‘मनसुन एक्सचेन्ज क्याम्प’ उत्कृष्ट भ्यालुएसन र एक्सचेन्ज बोनसको ग्यारेन्टी
New Office

काठमाण्डौ । सेरेस नेपालले असार १२ गतेदखि सुरु भएर १८ गतेसम्म सञ्चालन हुने ‘मनसुन एक्सचेन्ज क्याम्प’को आधिकारिक सुरुवात गरेको छ । जसअन्तर्गत ग्राहकहरूले आफ्ना पुराना गाडीहरू उच्चतम मूल्यमा एक्सचेन्ज गर्दै सेरेस३ मा अपग्रेड गर्ने सुनौलो अवसर पाउनेछन्। यो क्याम्प ग्राहकलाई दिगो र भविष्य मैत्री गाडी रोज्नका लागि अधिकतम मूल्य प्रदान गर्न तयार गरिएको हो।

यस लिमिटेड–टाइम इनिसियटिभको क्रममा सेरेसले ग्राहकहरू लाई उनीहरूसँग हाल रहेको सवारी साधनको लागि इन्डस्ट्रीकै बेस्ट मूल्य प्राप्त गर्ने सुनिश्चितताका लागि धेरै फाइदाहरू प्रदान गर्नेछ। योसँगै क्याम्पेनमा आकर्षक एक्सचेन्ज बोनस, अटोप्लसबीमा, प्रिमियम एक्सेसरिज र विशेष नगद छुट लगायतका अफरहरू समावेश छन् । जुन सबै सेरेस ईभीमा ट्रान्जिसनलाई अझ फाइदाजनक र पहुँच योग्य बनाउनका लागि डिजाइन गरिएको हो।

आफ्नो आधुनिक डिजाइन, अत्याधुनिक प्रविधि र भरपर्दो पर्फर्मेन्सका लागि परिचित सेरेसले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय दुवैस्तरमा आफ्नो क्षमता लगातार प्रमाणित गरिरहेको छ। नेपालमा यसको सेरेस ३ मोडलले आफ्नो शक्ती र इन्जिनियरिंग उत्कृष्टताको सशक्त उदाहरण पेश गर्दै ४,४६० मिटरउचाइको कठिन कोरला नाका पार गरेर इतिहास बनाएको छ। अन्तर्राष्ट्रिय रूपमा पनि यो मोडलले इन्डोनेसियाको ‘२०२५ पेरिक्लिन्डोइलेक्ट्रिक भेइकल शो मा तीन वटा ‘बेस्टईभी’ अवार्ड जितेर आफूलाई त्यसक्षेत्रकै अग्रणीईभीको रूपमा पुनः प्रमाणित गरेको छ। सेरेसचीनका नाफा कमाइरहेका गाडी निर्माता कम्पनीहरू मध्ये एक हो। यी सफलता सँगै, सेरेसले नेपालको बढ्दोईभी बजारमा अन्तर्राष्ट्रिय भरोसा र दीर्घकालीन विश्वासपनि सँगै लिएर आएको छ।

यो योजना नेपालभरका सबै आधिकारिक सेरेस शोरूमहरूमा असार १२ गतेदेखि १८ गते सम्म उपलब्ध हुनेछ। 

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.