शनिबार, श्रावण २,२०८३ 11:21:42
Bizshala
  • शनिबार, श्रावण २,२०८३ 11:21:42
Bizshala
Global IME Bank Limited

सन नेपाल लाइफले असार २३ गतेदेखि २.२४ लाख कित्ता अवितरित हकप्रद सेयर बिक्री गर्ने

सन नेपाल लाइफले असार २३ गतेदेखि २.२४ लाख कित्ता अवितरित हकप्रद सेयर बिक्री गर्ने
New Office

काठमाण्डौ । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले २ लाख कित्ता बढी अवितरित हकप्रद सेयर बोलकबोल प्रक्रियामार्फत बिक्री गर्ने भएको छ । कम्पनीले गत वैशाख ३० गतेदेखि असार ३ गतेसम्म १ः०.२७ अनुपातमा निष्कासन गरेको हकप्रदमा आवेदन नपरेको २ लाख २४ हजार ७२८ कित्ता सेयर लिलामीमातर्फ बिक्री गर्न लागेको हो ।  

कम्पनीले यही असार २३ गतेदेखि उक्त सेयरहरुको बिक्री आवेदन खुलाउने भएको छ । यो सेयर खरिदका लागि जो सुकै व्यक्ति,कम्पनी वा संघ संस्थाहरुले आवेदन दिन सक्नेछन् । कुल सेयर संख्यामा सर्वसाधारण समूहतर्फको १ लाख ४४ हजार ५०६ कित्ता र संस्थागत समूहतर्फको ८० हजार २२२ कित्ता सेयर रहेको छ । 

सेयरको न्यूनतम मूल्य १०० रुपैयाँ तोकिएको छ । बोलकबोल पेश गर्दा संस्थागततर्फ न्यूनतम १ हजार कित्ता र सर्वसाधारणतर्फ न्यूनतम १०० कित्ताका लागि आवेदन दिन सकिनेछ । अधिकतममा भने सम्पूर्ण कित्ताका लागि आवेदन दिन सकिनेछ ।  

लगानीकर्ताले नेपाल एसबीआई मर्चेन्ट बैंकिङ, सन नेपाल लाइफको पु्तलीसडक,विराटनगर,विरगञ्ज,पोखरा,बुटवल,नेपालगञ्ज,सुर्खेत र धनगढी शाखा कार्यालयबाट बोलपत्र आवेदन पेश गर्नुपर्नेछ ।  

बोलपत्र आवेदन पेश गर्ने अन्तिम मिति असार ३० गते रहेको छ । 

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.