काठमाण्डौ । थाइल्याण्डकी प्रधानमन्त्री पैतोङटार्न सिनावात्रालाई संवैधानिक अदालतले निलम्बन गरेको छ । कम्बोडियाका पूर्व नेता हुन सेनसँगको टेलिफोन कुराकानी लीक भएपछि सिनावात्रालाई राजीनामा दिन दबाब परेको थियो ।
यस टेलिफोन लीकमा, पैतोंगटार्न सिनावात्राले थाई सैन्य कमाण्डरको आलोचना गर्दै सेनलाई काका भनेकी थिइन् । यसपछि प्रधानमन्त्री पैतोङटार्न सिनावात्रा विरुद्ध आक्रोश पोखिएको थियो र उनलाई बर्खास्त गर्न अदालतमा निवेदन दायर गरिएको थियो । अदालतले यसबारे अझै विचार गरिरहेको छ ।
उनका सहकर्मीहरूले दुई हप्ता अघि मात्रै आफ्नो समर्थन फिर्ता लिएका छन्। जसका कारण सत्तारुढ गठबन्धन अल्पमतमा छ ।