काठमाण्डौ । साताको चौथो कारोबार दिन सेयरबजारमा ९ अर्ब ७४ करोड रुपैयाँमाथिको सेयर कारोबार भएको छ । आज सर्वाधिक कारोबार गर्ने टप १० ब्रोकरमा ४ वटाबाट उच्च खरिद भएको छ भने ६ वटाबाट उच्च बिक्री भएको छ ।
उच्च खरिद गर्ने ब्रोकरहरुमा अनलाइन सेक्युरिटिज, इम्पेरियल सेक्युरिटिज, क्रिशक्ति सेक्युरिटिज र आर्यतारा इन्भेष्टमेन्ट एण्ड सेक्युरिटिज रहेका छन् ।
त्यस्तै, उच्च बिक्री गर्ने ब्रोकरहरुमा नासा सेक्युरिटिज, भिजन सेक्युरिटिज, सनि सेक्युरिटिज, एबीसी सेक्युरिटिज, लिन्च स्टक मार्केट र सुमेरु सेक्युरिटिज रहेका छन् ।
आज सर्वाधिक सेयर कारोबार गर्ने ब्रोकरमा नासा सेक्युरिटिज रहेको छ । उक्त ब्रोकरबाट आज १ अर्ब ४२ करोड रुपैयाँमाथिको सेयर कारोबार भएको छ । जसमा ४५.११ प्रतिशत सेयर खरिद भएको छ भने ५४.८९ प्रतिशत सेयर बिक्री भएको छ ।
