काठमाण्डौ । एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको सेयरमूल्य समायोजन भएको छ । कम्पनीले आफ्ना सेयरधनीहरुलाई घोषणा गरेको ३.५९१५४९ प्रतिशत बोनस सेयरका लागि सेयरमूल्य समायोजन भएको हो ।
नेप्सेमा भएको समायोजनपश्चात कम्पनीको सेयरमूल्य प्रतिकित्ता ५१९.७७ रुपैयाँ कायम भएको छ । समायोजन हुनुअघि कम्पनीको सेयरमूल्य प्रतिकित्ता ५३८.४४ रुपैयाँ कायम थियो ।
आगामी कारोबारदेखि समायोजित मूल्यका आधारमा कम्पनीको सेयर दोस्रो बजारमा कारोबारमा आउनेछ ।
लाभांश पारित गर्न कम्पनीले असार ३० गते बाराको सिमरामा रहेको होटल इच्छामा दिउँसो १ बजेदेखि १७ औं साधारण सभा आयोजना गर्दैछ ।