सोमबार, भाद्र ९,२०८२ 02:01:50
  • सोमबार, भाद्र ९,२०८२ 02:01:50
Global IME Bank Limited

नेपालमा पारिवारिक स्कुटर ‘रिज्ता’ सार्वजनिक गर्दै एथर एनर्जी

Hyundai Nepal
नेपालमा पारिवारिक स्कुटर ‘रिज्ता’ सार्वजनिक गर्दै एथर एनर्जी
Shivam Cement

काठमा(ण्डौ । इलेक्ट्रिक स्कुटर ब्रान्ड एथर एनर्जीले आफ्नो नयाँ स्कुटर ‘एथर रिज्ता’ नेपाली बजारमा सार्वजनिक गर्ने तयारी गरेको छ। बहुप्रतिक्षित यो स्कुटर नेपाल मोबिलिटी एक्स्पो २०२५ मा सार्वजनिक गरिनेछ ।  

नेपालमा एथर ४५० सिरिज को सफलतापछि, एथर रिज्ता एक नयाँ युगको सुरुवात भएको कम्पनीले जनाएको छ ।

रिज्ताः नेपाली परिवारका लागि तयार पारिएको स्कुटर

परिवारलाई ध्यानमा राखेर तयार गरिएको एथर रिज्ता एक स्मार्ट, फराकिलो र अत्यन्तै सुविधाजन इलेक्ट्रिक स्कुटर हो, जुन दैनिक जीवनको हरेक मोडमा काम लाग्दछ । भारतमा यसको सुरुवाती वर्षमै १ लाखभन्दा बढी युनिट बिक्री भइसकेको छ, जुन यसको लोकप्रियताको प्रमाण हो।

अब, वैद्य इनर्जी ले भारतमा सिद्ध भइसकेको यही डिजाइन र प्रविधिलाई नेपालका सडक, संस्कृति र आवश्यकता अनुसार अनुकूलन गरी नेपाली उपभोक्तामाझ ल्याउँदैछ । रिज्ताको लामो सिट र ठूलो स्टोरेज नेपाली परिवार तथा शहर गाउँ बीचका यात्राका लागि उपयुक्त हुनेछन्। स्किड कन्ट्रोल, थिफ्ट अलर्ट जस्ता सुरक्षासम्बन्धी विशेषताहरु ले नेपाली सडकमा थप आत्मविश्वास दिने कम्पनीको विश्वास छ ।

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

रिताको स्मार्ट कनेक्तिभिटी फिचरहरू जस्तै नेभिगेसन, राइड स्ट्याट्स, ओटीए अपडेट, आदि अब नेपाली भाषा र स्थानीय नक्सासँग अनुकूल गरिनेछ । १५९ किमिको विस्तारित रेन्ज भएको जेट भेरिएन्ट काठमाण्डौ, पोखरा, भक्तपुरजस्ता सहरहरूबीचको यात्रालाई झन्झटरहित बनाउनेछ । साथै, एथरले ब्याट्री वारन्टी र सरल फाइनान्सिङ योजना मार्फत पेट्रोलबाट विद्युतीय सवारीमा रुपान्तरण गर्न चाहने नेपाली उपभोक्तालाई सहयोग पुऱ्याउनेछ ।

एथर रिज्तालाई विशेष बनाउने सुविधाहरूः

·उल्लेखनीय रेन्जः एकपटक चार्ज गर्दा १५९ किमी सम्म यात्रा ः लामो यात्रा वा दैनिक उपयोग दुवैका लागि भरपर्दो  

–शक्तिशाली प्रदर्शनः ४.३ किलोवाट मोटर, छिटो एक्सेलेरेशन र विश्वसनीय टप स्पीड  

–परिवारमैत्री आरामस् सेग्मेन्टकै सबैभन्दा लामो सिट यात्राको हरेक पल सहज  

–सुरक्षा केन्द्रित डिजाइन ः स्किड कन्ट्रोल, डिस्क ब्रेक, मजबूत चेसिस

–स्मार्ट कनेक्तिभिटी ः७ इन्चको टचस्क्रिन, गुगल म्याप्स, म्युजिक कन्ट्रोल, कल म्यानेजमेन्ट, ओटीए अपडेट  

–ब्याट्री सुरक्षाःआईपी६७ रेटेड ब्याट्री र ५ वर्षको वारन्टी ्र

–व्यावहारिकताः ३४ लिटरको स्टोरेज सेग्मेन्टमै सबैभन्दा धेरै  

सार्वजनिक प्रदर्शन र बुकिङ जानकारी

एथर रिज्ता २०२५ अगस्ट ६ देखि १० गतेसम्म काठमाण्डौको भृकुटीमण्डपमा आयोजना हुने नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५ मा सार्वजनिक गरिनेछ । कार्यक्रममा सहभागीहरुले पहिलो पटक रिज्ताको प्रत्यक्ष अवलोकन तथा प्रविधिको अनुभव गर्न पाउनेछन् ।

बुकिङ चाँडै खुल्नेछ, र स्कुटर यसै वर्ष नेपालभर उपलब्ध हुने अपेक्षा गरिएको छ।

Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.