शुक्रबार, श्रावण २२,२०८३ 12:50:10
Bizshala
  • शुक्रबार, श्रावण २२,२०८३ 12:50:10
Bizshala
Global IME Bank Limited

कामना सेवा विकास बैंकले बनायो १७.३०% को लाभांश क्षमता, अधिकांश मुख्य सूचकमा सुधार

कामना सेवा विकास बैंकले बनायो १७.३०% को लाभांश क्षमता, अधिकांश मुख्य सूचकमा सुधार
New Office

काठमाण्डौ । कामना सेवा विकास बैंक लिमीटेडले आर्थिक वर्ष २०८१ ८२ को चौथो त्रैमाससम्ममा १७.३० प्रतिशत लाभांश क्षमता बनाउने गरी नाफा आर्जन गरेको छ ।  

बैंकले शुक्रबार चौथो त्रैमासको अपरिस्कृत वित्तीय विवरण सार्वजनिक गर्दै लाभांश क्षमता १७.३० प्रतिशत कायम भएको जनाएको हो । 

कुल ३ अर्ब ५१ करोड चुक्तापूँजी भएको बैंकले समीक्षा अवधिमा ६० करोड ७४ लाख वितरणयोग्य मुनाफा आर्जन गरेको छ ।  

गत वर्ष यही अवधिमा बैंकको वितरणयोग्य मुनाफा ४१ करोड १२ लाख तथा लाभांश क्षमता १२.५३ प्रतिशतसहितको वित्तीय विवरण सार्वजनिक भएको थियो ।  

समीक्षा अवधिमा बैंकको खूद नाफा ६३ करोड ५२ लाख रुपैयाँ रहेको छ । जुन अघिल्लो वर्षको सोही अवधिमा ५८ करोड १८ लाखमा सीमित थियो ।  

यस्तै, अघिल्लो वर्षको यही अवधिमा ९६ करोड ७८ लाख रुपैयाँ रहेको सञ्चालन मुनाफा बढेर यो वर्ष ९८ करोड ६९ लाखको उचाईमा पुगेको देखिएको छ । 

अघिल्लो वर्ष यही अवधिसम्म बैंकले २ अर्ब १३ करोड खूद ब्याज आम्दानी गरेकोमा यो वर्ष त्यो बढेर २ अर्ब २४ करोड माथि पुगेको छ । ब्याजदर घटेको बेला समेत अघिल्लो वर्षको तुलनामा खूद ब्याज आम्दानी बढ्नुले समीक्षा अवधिमा बैंकको राम्रै व्यवसाय वृद्धि भएको देखिन्छ ।  

कर्जा तथा सम्भावित जोखिम व्यवस्थापनका लागि अघिल्लो वर्ष बैंकले ३५ करोड ८२ लाख रुपैयाँ इम्पेयरमेन्ट चार्जको रुपमा छुट्याएकोमा यो वर्ष ४१ करोड ७४ लाख बढी छुट्याएको छ । इम्पेयरमेन्ट चार्ज अघिल्लो वर्षको तुलनामा बढ्दा समेत नाफा बढाउनु पनि बैंकका लागि सुखद देखिन्छ ।  

समीक्षा अवधिमा बैंकले ६२ अर्ब ८३ करोड बढी निक्षेप संकलन गरी ४९ अर्ब ९६ करोड बढी कर्जा प्रवाह गरेको देखिन्छ । अघिल्लो वर्षको यही अवधिमा ५९ अर्ब ६ करोड निक्षेप संकलन गरी ४५ अर्ब ९७ करोड बढी कर्जा प्रवाह गरेको थियो । यसरी निक्षेप र कर्जातर्फ नै बैंकले सुधार गरेको देखिएको छ ।  

समीक्षा अवधिमा बैंकको प्रतिसेयर आम्दानी १८ रुपैयाँ १० पैसा कायम भएको छ, जुन अघिल्लो वर्ष १७ रुपैयाँ ७३ पैसा थियो ।  

अघिल्लो वर्ष ११.५० प्रतिशत रहेको रिटर्न अन इक्वीटी भने यो वर्ष केही घटी ११.२६ प्रतिशत कायम भएको देखिएको छ भने सम्पत्तिमा प्रतिफल भने ०.९० प्रतिशतबाट बढेर ०.९२ प्रतिशत कायम भएको छ ।  

निस्क्रिय कर्जा अघिल्लो वर्ष ३.३६ प्रतिशतबाट बढेर ३.३८ प्रतिशत पुगेको छ भने नेट एनपीएल भने अघिल्लो वर्षको ०.९१ प्रतिशतबाट घटेर ०.१९ प्रतिशतमा सीमित बन्न पुगेको छ ।  

समीक्षा अवधिमा बैंकको कस्ट अफ फण्ड घटेर ५.०९ प्रतिशतमा सीमित बनेको छ भने आधार दर पनि घटेर ७.०७ प्रतिशत रहेको छ ।  

समीक्षा अवधिमा बैंकको प्रतिसेयर नेटवर्थ १६८.१३ रुपैयाँ, मूल्य आम्दानी अनुपात २७.६९ गुणा र तरलता अनुपात २४.४९ प्रतिशत तथा क्यापिटल एडेक्वेसी रेसियो १३.२० प्रतिशत कायम भएको छ ।  

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.