शनिबार, श्रावण १६,२०८३ 03:35:37
Bizshala
  • शनिबार, श्रावण १६,२०८३ 03:35:37
Bizshala
Global IME Bank Limited

इरानी विदेशमन्त्री भन्छन्, ‘आणविक कार्यक्रमलाई त्याग्न सक्दैनौ, यो राष्ट्रिय गौरवको विषय हो’

इरानी विदेशमन्त्री भन्छन्, ‘आणविक कार्यक्रमलाई त्याग्न सक्दैनौ, यो राष्ट्रिय गौरवको विषय हो’
New Office

काठमाण्डौ । आणविक संयन्त्रहरूमा आक्रमण भए पनि इरानले आफ्नो आणविक कार्यक्रमलाई जारी राख्ने जनाएको छ । इरानका विदेशमन्त्री अब्बास अराघचीले फक्स न्यूजसँगको अन्तर्वार्तामा इरानले आफ्नो युरेनियम संवर्धन कार्यक्रम त्याग्न नसक्ने बताएका हुन् । अराघचीले यसलाई इरानको राष्ट्रिय गौरवसँग जोडिएको विषय भएको बताए ।

गत महिना, इजरायल–इरान युद्धको क्रममा, अमेरिकाले तेहरानको आणविक केन्द्रहरूमा बंकर बस्टर बमले आक्रमण गरेको थियो । जसले यी सुविधाहरूमा ठूलो क्षति पुर्याएको थियो । युद्ध सुरु हुनु अघि, अमेरिका र इरानले ओमानको मध्यस्थतामा पाँच चरणको वार्ता गरेका थिए तर उक्त वार्ता इरानलाई युरेनियम प्रवर्द्धन गर्न दिने हदसम्म सहमतिमा पुग्न असफल भएको थियो ।  

इरानी विदेशमन्त्रीले अमेरिका र इजरायली आक्रमणपछि इरानको आणविक केन्द्रमा गम्भीर क्षति भएको स्वीकार गरे। उनले भने, ‘हाम्रो संरचनामा क्षति पुगेको छ र गम्भीर रूपमा क्षति पुगेको छ, अहिले हाम्रो परमाणु ऊर्जा संगठनले यसको मूल्याङ्कन गरिरहेको छ, तर जहाँसम्म मलाई जानकारी छ, ती गम्भीर रूपमा क्षतिग्रस्त छन्।’

अमेरिकाको सहयोगी इजरायलले जुन १३ मा इरानमाथि हवाई आक्रमण गरेको थियो, त्यसपछि मध्यपूर्वका दुई देशबीच १२ दिनसम्म भीषण युद्ध चलेको थियो । युद्धको अन्तिम दिनमा अमेरिका पनि अपरेशन मिडनाइट ह्यामरको साथ इरानविरुद्धको अभियानमा सामेल भएको थियो । अमेरिकी आक्रमणले सबैभन्दा महत्त्वपूर्ण फोर्ड सुविधा सहित तीन इरानी आणविक केन्द्रहरूलाई निशाना बनाएको थियो।

यो पनि हेर्नुहोस

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.