काठमाण्डौ । साताको तेस्रो कारोबार दिन सेयरबजारमा २० अर्ब रुपैयाँमाथिको सेयर कारोबार भएको छ । आज सर्वाधिक कारोबार गर्ने टप १० ब्रोकर कम्पनीमा ७ वटाबाट उच्च खरिद भएको छ भने ३ वटाबाट उच्च बिक्री भएको छ ।
उच्च खरिद गर्ने ब्रोकरहरुमा नासा सेक्युरिटिज, सनि सेक्युरिटिज, भिजन सेक्युरिटिज, आर्यतारा इन्भेष्टमेन्ट एण्ड सेक्युरिटिज सेक्युरिटिज, सेयरप्रो सेक्युरिटिज, डायनामिक मनि म्यानेजर्स र त्रिशक्ति सेक्युरिटिज रहेका छन् ।
त्यस्तै, उच्च बिक्री गर्ने ब्रोकरहरुमा इम्पेरियल सेक्युरिटिज, अनलाइन सेक्युरिटिज र दिपशिखा धितोपत्र कारोबार कम्पनी रहेका छन् ।
आज सर्वाधिक सेयर कारोबार गर्ने ब्रोकर कम्पनीमा नासा सेक्युरिटिज रहेको छ । उक्त ब्रोकरबाट आज मात्रै २ अर्ब ३८ करोड रुपैयाँमाथिको सेयर कारोबार भएको छ । जसमा ५२.१० प्रतिशत सेयर खरिद भएको छ भने ४७.९० प्रतिशत सेयर बिक्री भएको छ ।
