काठमाण्डौ । सांग्रिला डेभलपमेन्ट बैंकले गत आवको चौथो त्रैमाससको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । बैंकले उक्त अवधिसम्ममा ५३ करोड ७० लाख रुपैयाँबराबरको खुद नाफा कमाएको छ । यो रकम अघिल्लो आवको सोही अवधिको तुलनामा ६.५१ प्रतिशतले बढी हो ।
अघिल्लो आवको सोही अवधिसम्म बैंकले ५० करोड ४२ लाख रुपैयाँबराबरको खुद नाफा आर्जन गरेको थियो ।
सो अवधिमा बैंकको खुद ब्याज आम्दानीमा भने कमी आएको छ । अघिल्लो आवको चौथो त्रैमाससम्म १ अर्ब ९० करोड रुपैयाँबराबरको खुद ब्याज आम्दानी गरेको बैंकले समीक्षा अवधिसम्म भने १ अर्ब ८८ करोड रुपैयाँ मात्रै आर्जन गरेको छ ।
बैंकको खुद शुल्क तथा कमिशन आम्दानी भने बढेको छ । खुद शुल्क तथा कमिशन आम्दानी ९.१५ प्रतिशतले बढ्दै २१ करोड ६१ लाख रुपैयाँ पुगेको छ । यस्तै बैंकको सञ्चालन मुनाफा ७७ करोड ४२ लाख र खुद सञ्चालन आम्दानी १ अर्ब ९२ करोड रुपैयाँ रहेको छ ।
बैंकको रिटेन्ड अर्निङ बढेको छ । अघिल्लो आवमा १३ करोड १८ लाख रहेको रिटेन्ड अर्निङ बढेर ४१ करोड ३८ लाख रुपैयाँ पुगेको छ । रिजर्भको आकार पनि १ अर्ब ४२ करोड रुपैयाँबाट बढेर १ अर्ब ६० करोड रुपैयाँ पुगेको छ ।
ग्राहकहरुबाट ५४ अर्ब ६६ करेड रुपैयाँबराबरको निक्षेप संकलन गरेको बैंकले ४३ अर्ब २ करोड रुपैयाँबराबरको कर्जा प्रवाह गरेको छ । बैंकको वितरणयोग्य मुनाफा ४१ करोड ३८ लाख रुपैयाँ रहेको छ । जुन अघिल्लो आवको सोही अवधिसम्म १३ करोड १८ लाख मात्रै थियो ।
यस्तै बैंकको वार्षिक वितरणयोग्य प्रतिसेयर आम्दानी ११.६४ प्रतिशत रहेको छ । बैंकको खराब कर्जा अनुपात भने बढेको छ । खराब कर्जा अनुपात ३.९३ प्रतिशतबाट बढेर ५.६४ प्रतिशत पुगेको छ ।
समी्रक्ष अवधिसम्म बैंकको प्रतिसेयर आम्दानी(ईपीएस)१५.१० रुपैयाँ, प्रतिसेयर नेटवर्थ १५६.७१ रुपैयाँ, प्रतिसेयर कुल सम्पत्तिको मूल्य १ हजार ७८३.२८ रुपैयाँ, मूल्य आम्दानी अनुपात ३०.६५ गुणा र तरलता अनुपात २६.१५ प्रतिशत कायम भएको छ ।