काठमाण्डौ । नेपाल धितोपत्र बोर्डले नबिल इन्भेष्टमेन्ट बैंकिङ्ख लिमिटेडको खुलामुखी योजनाको इकाईलाई सार्वजनिक निष्कासनको लागि अनुमति दिएको छ ।
बोर्डले नबिल इन्भेष्टमेन्टको ‘एनआई ३१’ नामक खुलामुखी योजनालाई साउन ८ गते स्वीकृति प्रदान गरेको हो ।
सो बमोजिम अब क्यापिटलले १० रुपैयाँ अंकित मूल्यमा २५ करोड रुपैयाँ बराबरको २ करोड ५० लाख इकाई बिक्री गर्नेछ ।
हाल नेपालमा ७ वटा खुलामुखी योजना सञ्चालनमा छन् । यसअघि बोर्डले सिटिजन्स सदाबहार योजना र एनआइसी एशिया इक्विटी लिङ्क्ड इन्भेष्टमेन्ट स्किम गरी दुई खुलामुखी योजनालाई स्वीकृति दिएको छ । योसँगै अब नेपालमा खुलामुखी योजना १० वटा पुग्नेछ ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।