मंगलवार, असार ३०,२०८३ 06:46:27
Bizshala
  • मंगलवार, असार ३०,२०८३ 06:46:27
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

पोखरामा खुल्यो प्रोटोनको नयाँ शोरुम

Laxmi Sunrise Bank Limited
पोखरामा खुल्यो प्रोटोनको नयाँ शोरुम

काठमाण्डौ । प्रोटोन नेपालले आधिकारिक रूपमा पोखरामा नयाँ शोरुम खोलेको छ । पोखराको बुद्ध चोकमा खोलिएको नयाँ शोरुमले ग्राहकहरूलाई प्रोटोनको प्रमुख विद्युतीय सवारी साधन प्रोटोन इमास७ को प्रत्यक्ष अनुभव प्रदान गर्ने कम्पनीले जनाएको छ ।

काठमाण्डौमा सफल सुरुवातपछि, पोखरा खोलिएको शोरुम,  २०२५ सम्ममा राष्ट्रव्यापी विद्युतीय सवारी साधन (ईभी) नेटवर्क स्थापना गर्ने प्रोटोनको फराकिलो योजनाको महत्वपूर्ण हिस्सा भएको कम्पनीले जनाएको छ।

यस अवसरमा प्रोटोनले सम्भावित ग्राहकहरूको लागि टेस्ट ड्राइभ दर्ता, व्यक्तिगत परामर्श, र सजिलो फाइनान्स र सरकारी अनुदान विकल्पहरूमा बारे पनि सहजीकरण गरेको छ ।

बिक्रीपछिको सेल्स सपोर्टलाई अझ विश्वासिलो बनाउन, नेपालमा प्रोटोनको आधिकारिक वितरक जगदम्बा मोटर्सले ग्राहकहरूलाई विश्वस्तरीय सेवा सुनिश्चित गर्दै पोखरा भित्र तेस्रो सर्भिस सेन्टरको स्थापना गरेको छ ।

New Office
CG Motors
Garima Development Bank

शोरुमको उद्घाटन प्रमुख अतिथि वेस्टर्न अटोमोबाइल्स डिलर्स एसोसिएसनका अध्यक्ष कृष्ण श्रेष्ठले गरेका थिए भने कार्यक्रममा वडाको कार्यकारी समिति, एफएनसीसीआईको कार्यकारी समिति, होटल एसोसिएसन नेपाल(पोखरा च्याप्टर, एनवाईईएफका कार्यकारीहरू र मिडियाका सदस्यहरू जस्ता प्रतिष्ठित व्यक्तिहरूको उपस्थिति थियो ।

शोरुम उद्घाटन पछि, प्रतिष्ठित व्यक्तिहरू, मिडिया र स्थानीय अटोमोटिभ प्रेमीहरूको उपस्थितिमा नयाँ ईमास ७ प्रस्तुत गरिएको थियो । उपस्थित पाहुनाहरूलाई प्रोटोन ईमास ७ को प्रमुख विशेषता, यसको स्मार्ट प्रविधि र दिगो यातायातप्रतिको प्रतिबद्धता बारेमा जानकारी गराइएको थियो ।

यस अवसरमा जगदम्बा मोटर्स, प्रोटोन नेपालका कार्यकारी निर्देशक अखिल गुप्ताले भने,  ‘प्रोटोन नेपाललाई प्राकृतिक सौन्दर्य र अग्रगामी मानसिकता दुवैलाई मूर्त रूप दिने शहर पोखरामा ल्याउन पाउँदा हामी गर्व गर्छौं । यो विस्तारको साथ, हामी पश्चिमी क्षेत्रभरका व्यक्ति र परिवारहरूका लागि स्वच्छ र स्मार्ट गतिशीलतालाई अझ पहुँचयोग्य बनाउने लक्ष्य राखेका छौं र यो त सुरुवात मात्र हो ।’

नेपाल विद्युतीय यातायात र वातावरणीय चेतनातर्फ द्रुत गतिमा अघि बढिरहेको बेला, पोखरामा प्रोटोनको विस्तारले देशको स्वच्छ ऊर्जा क्रान्तिमा अग्रणीको रूपमा आफ्नो स्थानलाई पुनस् पुष्टि गरेको छ ।

यस अवसरमा जगदम्बा मोटर्सले पहिलो हप्ताको लागि पोखरामा प्रोटोन ग्राहकहरूको लागि शुन्य प्रतिशत ब्याजदरको घोषणा गरेको छ । यसका साथै प्रोटोनले पोखराको अटोमोबाइल क्षेत्रमा आफ्नो प्रभुत्व जमाउने विश्वास गरिएको छ ।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.