काठमाण्डौ । राष्ट्रिय वाणिज्य बैंकको ऋणपत्र नेपाल स्टक एक्सचेञ्ज(नेप्से)मा सूचीकृत भएको छ । बैंकको ७ वर्ष अवधि तथा ७ प्रतिशत ब्याजदर भएको अंकित तथा चुक्ता मूल्य रु.१ हजार दरका कुल २५ लाख कित्ता भएको ‘७ प्रतिशत आरबीबीएल डिबेञ्चर २०८८’ सूचीकृत भएको हो ।
नेपाल स्टक एक्सचेञ्ज लिमिटेड र राष्ट्रिय वाणिज्य बैंक लिमिटेडबीच ऋणपत्र सूचीकरण सम्झौता सम्पन्न भएको छ ।
सम्झौतामा राष्ट्रिय वाणिज्य बैंक लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत देवेन्द्र रमण खनाल र नेपाल स्टक एक्सचेञ्जका तर्फबाट प्रमुख कार्यकारी अधिकृत चुडामणी चापागाईंले हस्ताक्षर गरे । उक्त ऋणपत्रको दोस्रो बजारमा साउन १५ गतेबाट कारोबार शुरु हुनेछ भने ।
यस्तै सूचीकरण पश्चात् दिनुपर्ने आरटीएस सेवा आरविवि मर्चेन्ट बैंकिङ्ग लिमिटेड, टेकु, काठमाण्डौबाट हुनेछ ।