काठमाण्डौ । साताको अन्तिम कारोबार दिन सेयरबजारमा झण्डै १६ अर्ब रुपैयाँको सेयर कारोबार भएको छ । आज सर्वाधिक कारोबार गर्ने टप १० ब्रोकर कम्पनीमा ४ वटाबाट मात्रै उच्च खरिद भएको छ भने ६ वटाबाट उच्च बिक्री भएको छ ।
उच्च खरिद गर्ने ब्रोकरहरुमा भिजन सेक्युरिटिज, अनलाइन सेक्युरिटिज, सनि सेक्युरिटिज र डायनामिक मनि म्यानेजर्स सेक्युरिटिज रहेका छन् ।
त्यस्तै, उच्च बिक्री गर्ने ब्रोकरहरुमा नासा सेक्युरिटिज, इम्पेरियल सेक्युरिटिज कम्पनी, दक्षिणकाली इन्भेष्टमेन्ट एण्ड सेक्युरिटिज, आर्यतारा इन्भेष्टमेन्ट एण्ड सेक्युरिटिज, दिपशिखा धितोपत्र कारोबार कम्पनी र त्रिशक्ति सेक्युरिटिज पब्लिक कम्पनी रहेका छन् ।
आज सर्वाधिक कारोबार गर्ने ब्रोकर कम्पनीमा नासा सेक्युरिटिज रहेको छ । उक्त ब्रोकरबाट आज मात्रै १ अर्ब ९० करोड रुपैयाँमाथिको सेयर कारोबार भएको छ । जसमा ४९.२२ प्रतिशत सेयर खरिद भएको छ भने ५०.७८ प्रतिशत सेयर बिक्री भएको छ ।
