सोमबार, असार १६,२०८२ 03:55:39
  • सोमबार, असार १६,२०८२ 03:55:39
Global IME Bank Limited

नेपाल बैंकले नक्कली सुन धितो राखेर कर्जा दिने गरेको खुलासा, ४ करोड लिने पक्राउ

Hyundai Nepal
नेपाल बैंकले नक्कली सुन धितो राखेर कर्जा दिने गरेको खुलासा, ४ करोड लिने पक्राउ
Nabil Bank Limited

काठमाण्डौ । नेपाल बैंक लिमिटेडमा नक्कली सुन धितो राखेर कर्जा प्रवाह गरेको खुलासा भएको छ । नेपाल बैंकमा नक्कली सुन धितो राखि ४ करोड रुपैयाँ भन्दा बढी रकम ऋण लिएर फरार भएका एक व्यक्ति पक्राउ परेपछि बैंकको यस्तो कर्तुत बाहिर आएको  हो ।  

CG Motors
Muktinath Bikas Bank Limited

नेपाल प्रहरीले नेपाल बैंकमा नक्कली सुन धितो राखि ४ करोड रुपैयाँ बढी ऋण लिई फरार भएका एक व्यक्तिलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सप्तरीको कञ्चनरूप नगरपालिका–८ घर भई काठमाण्डौको बौद्ध बस्ने ४१ वर्षीय टोकनाथ साह रहेका छन् । साहलाई काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालयको पक्राउ गरेको हो । उनलाई बौद्धस्थित हायात होटलबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।  

साहले नक्कली सुन धितो राखेर नेपाल बैंकबाट ४ करोड १४ लाख ८४ हजार रूपैयाँ ऋण लिएको खुल्नमा आएको छ । ऋण लिएर फरार भएपछि उच्च अदालत विराटनगरले उनीविरुद्ध ९८ लाख ८५ हजार ५६४ रूपैयाँ बिगो र तीन वर्ष कैद फैसला सुनाएको थियो। 

बैंकहरुले नक्कली सुन पहिचान गर्नका लागि गोल्ड टेस्टिङको व्यवस्था गरेका हुन्छन् । यसका लागि बैंकहरुले गोल्ड टेस्टर नै नियुक्त गरेका हुन्छन् । यस्तोमा बैंकमा नक्कली सुन धितो राखेर कर्जा लिने गरेका घटनाहरु सार्वजनिक हुँदा बैंकहरुको परीक्षणको विश्वसनियतामा नै प्रश्नचिन्ह खडा भएको छ ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.