मंगलवार, श्रावण ५,२०८३ 06:14:02
Bizshala
  • मंगलवार, श्रावण ५,२०८३ 06:14:02
Bizshala
Global IME Bank Limited

सारथी इकुटरले इलेक्ट्रिक स्कुटर खरिद गर्दा २५ हजार नगद छुट दिने

सारथी इकुटरले इलेक्ट्रिक स्कुटर खरिद गर्दा २५ हजार नगद छुट दिने
New Office

काठमाण्डौ । नाइमा अटो शोको अवसरमा विभिन्न सवारी साधनका कम्पनीहरुले विभिन्न अफरहरु ल्याउने क्रम तीव्र बनेको छ ।

यसै क्रममा नेपालमा चर्चित इलेक्ट्रिक स्कुटर ब्राण्ड सारथीइकुटरले पनि निक्कै आकर्षक अफर ल्याएको छ ।

नाइमा अटो शोको शुरुको दिन अर्थात साउन २१ गतेदेखि साउनको २५ गतेसम्म लागु हुने गरी सोे अफर सञ्चालन हुने कम्पनीले जनाएको छ ।

उक्त अफर अनुसार सारथी इकुटरका दुइ मोडेल इ३ र विँगर मोडेलको स्कुटर खरिद गर्ने ग्राहकले नगद रु. २५ हजार छुट पाउनेछन् । साथै एक बर्षको कर, एउटा प्रिमियम हेलमेट तथा एउटा रेनकोट पनि निःशुल्क दिइने कम्पनीले जनाएको छ ।

यो अफर नगदमा खरिद गर्ने ग्राहकले मात्र पाउने छन् । नगद नहुने ग्राहकहरुले किस्तावन्दीमा पनि स्कुटर खरिद गर्न सकिने बताइएको छ । जस अन्तर्गत जम्मा २० प्रतिशत डाउनपेमेन्टमा अधिकतम ३ बर्षसम्मको फाइनान्स सुविधा पाउन सक्नेछन् ।

यतिमात्र नभएर कम्पनीले हरेक दिन एक्सचेन्जको पनि सुविधा दिइरहेको छ । कुनै पनि पुरानो बाइक वा स्कुटर ईभी भएपनि वा पेट्रोल वाला भएपनि एक्सचेन्ज हुने कम्पनीले जनाएको छ ।

३ हजार ९ सय वाटको अधिकतम मोटर पावर भएको सारथी इकुटरको विँगर र ३ हजार वाट मोटर पावर भएको इ३ दुबै स्कुटरमा २.८ किलोवाटको बेट्रि प्रयोग भएको छ । जसले अधिकतम १२० किलोमिटर सम्मको रेन्ज दिन्छ ।  

कम्पनीले इ३ लाई २ लाख १६ हजार र विँगरलाई २ लाख ९ हजार रुपैंया मुल्य राखेको छ । अहिलेको अफर अन्तरगत दुबैमा २५ हजार डिस्काउन्ट हुनेछ ।

यी स्कुटरको नेपालका लागि आधिकारिक वितरक जीरो इमिसन राइड एन रहेको छ ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.