बुधबार, श्रावण २१,२०८२ 09:42:59
  • बुधबार, श्रावण २१,२०८२ 09:42:59
Global IME Bank Limited

Forthing EV ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५’ मा सार्वजनिक

Hyundai Nepal
Forthing EV ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५’ मा सार्वजनिक
Shivam Cement

काठमाण्डौ । लक्ष्मी ई-मोबिलिटीले चीनको उदाउँदो इलेक्ट्रिक गाडी ब्रान्ड 'Forthing' लाई नेपाली बजारमा ल्याउने घोषणा गरेको छ। Forthing को पहिलो मोडेल, Friday EV, नेपालमा २०८२ साउन २ गते (अगस्ट ६) का दिन राष्ट्रिय अटो प्रदर्शनी NAIMA २०२५ को उद्घाटन अवसरमा सार्वजनिक गरिएको थियो। 

यो प्रदर्शनी नेपाल अटोमोबाइल इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चरर्स एशोसिएसनद्वारा आयोजित गरिएको हो र काठमाण्डौको भृकुटीमण्डपमा सम्पन्न भएको हो । लक्ष्मी ग्रुप –सन् १९७३ देखि नेपालमा व्यापारिक गतिविधि गर्दै आएको बहुआयामी र पुरानो व्यापारिक घराना हो—देशको अटोमोबाइल क्षेत्रको विकासमा अग्रणी भूमिका खेलेको छ। लक्ष्मी ग्रुपले विगतका दशकहरूमा अटोमोबाइल व्यापारमा आफ्नो उपस्थितिविस्तार गर्दै Hyundai, BMW, Kaiyi, SML ISUZU, Karry जस्ता विश्वविख्यात ब्रान्डहरू मार्फत यात्रुवाहक र मालवाहक गाडी तथा अटो पार्ट्स वितरण गर्दैआएको छ । 

Shivam Cement
Muktinath Bikas Bank Limited

अब यसै यात्रामा Forthing थपिएको छ। सन् २०२४ को मे महिनामा, लक्ष्मी ग्रुपले नेपालकै पहिलो फोर-हवीलर गाडी एसेंब्ली प्लान्ट–Laxmi Motor Corporation (LMC) - रामग्राम, परासी (नवलपरासी) मा सञ्चालनमा ल्याएको छ। Hyundai गाडीहरूका लागिबनाइएको यो अत्याधुनिक एसेंब्ली प्लान्टले नेपालको अटोमोबाइल औद्योगिकीकरणमा ऐतिहासिक फड्को मारेको छ । लक्ष्मी समूह यस्तो सुविधा सञ्चालन गर्नेपहिलो नेपाली समूह बनेको छ। त्यसैगरी, ग्राहकको सहजता र EV पूर्वाधार सुदृढ पार्नलक्ष्मी समूहले RE-Lax नामक ६३ भन्दा बढी रिचार्जनेटवर्कर रिपेयर स्टेसनहरूको सञ्जाल देशभर फैलाएको छ, जसले नेपालमा इलेक्ट्रिक गाडी प्रयोगलाई थप सरल र भरपर्दोबनाएको छ ।

विश्वव्यापी रूपमा स्मार्ट डिजाइन र अत्याधुनिक इलेक्ट्रिक मोबिलिटी प्रविधिका लागि चिनिएको Forthing ब्रान्डले नेपालमा प्रिमियम इलेक्ट्रिक SUV, Friday EV को सुरुवात गर्दै आफ्नो उपस्थिति दर्ता गरेको छ। यो गाडीले प्रदर्शन, प्रविधि र आधुनिक डिजाइनलाई समेट्दै नेपाली ग्राहकको बदलिंदो आवश्यकतामा केन्द्रित समाधान दिन्छ । Friday EV दुई भेरियन्टमा उपलब्ध छ — लक्जरी र एक्सक्लुसिभ – जसको मूल्य क्रमशः रु ५०.९६ लाख र रु ५६.९६ लाख छ। NAIMA को विशेष अफर अन्तर्गत, Forthing ले दुवै भेरियन्टमा सीमित समयका लागि रु २ लाख छुट र एक वर्षको अटो + बीमा प्रदान गर्दैछ । 

यस अफरमा ग्राहकहरूले, लक्जरी भेरियन्ट केवल रु ४८.९६ लाखमा र एक्सक्लुसिभ भेरियन्ट रु ५४.९६ लाखमा प्राप्त गर्न सक्नेछन् । शहरका सडकहरू र सप्ताहन्तको यात्राका लागि उपयुक्त, Friday EV मा ६४.४ kWh ब्याट्री र ९९ kW मोटर छ, जसले ४०० किलोमिटरभन्दा बढीको दूरी तय गर्न सक्षम भित्री डिजाइन आराम, प्रयोगको सजिलो, र स्मार्ट इर्गोनोमिक्सलाई प्राथमिकता दिई विचारपूर्वक तयार गरिएको छ । 

साथै, यसमा प्रिमियम मसाज स्पोर्ट्स सीट रहेको छ जसले ड्राइभिङ अनुभवलाई अझ आरामदायी बनाउँछ, र एक्सक्लुसिभ भेरियन्टमा इलेक्ट्रिक टेलगेट सुविधा पनि उपलब्ध छ जसले सहजता थपेको छ ।

Nepal Investment Mega Bank Limited
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.