काठमाण्डौ । शंकर समूहअन्तर्गतको जगदम्बा मोटर्स प्रालिले नाइमा अटो शोमा Farizon, Chery Wanda र King Long जस्ता चिनियाँ ब्रान्डकाा १४ देखि १९ सिटर क्षमताका बहुउपयोगी व्यावसायिक इभीहरु नेपालीब जारमा ल्याएको छ।
Farizon – १९ सिटर भ्यान
Farizon, Geely Group अन्तर्गतको ब्रान्ड हो, जसले विश्वस्तरीय प्रविधिमा आधारित पूर्ण इलेक्ट्रिक प्लेटफर्ममा आधारित गाडी निर्माण गर्छ। NAIMA एक्स्पोमा प्रस्तुत यो मोडलको विशेषताहरु यस्ता छन्:
- १७०kW इलेक्ट्रिक मोटर – नेपालका कठिन उकालो सडकहरु सहजै पार गर्ने क्षमता।
- ८२.८८ kWh लिथियम ब्याट्री – लामो दूरी यात्रा गर्न सक्षम।
- EU WVTA प्रमाणपत्र – यूरोपियन युनियनको उच्च सुरक्षा र गुणस्तर मापदण्डमा आधारित।
- १९सिट क्षमताको स्पेसियस भ्यान – पर्यटक तथा अन्तर सहर सेवाका लागि उपयुक्त।
- डिस्कब्रेक, एयरब्याग, ABS, EBD, 360° क्यामेरा, ADAS, AVAS – उन्नत सुरक्षा विशेषताहरु।
- एसी, हिटर, हीटेड सिट र स्टेरिङ – चालकका लागि आरामदायी अनुभव।
- ब्याट्री वारन्टी: ४ वर्ष वा ७ लाख किलोमिटर
- मोटर वारन्टी: ५ वर्ष वा २ लाख किलोमिटर
- शुरुआती मूल्य: रु. ७६,९०,०००
Chery Wanda – १४ सिटर इभी माइक्रो बस
चिनियाँ ब्रान्ड Chery र Wanda को संयुक्त निर्माण भएको यो माइक्रो बस शहरी आवागमनका लागि किफायती, भरपर्दो र सक्षम सवारी हो।
- CATL ५३.५८kWh ब्याट्री
- NEDC रेंज: ३००किमी (प्रयोगसर्त अनुसार फरक पर्न सक्छ)*
- ग्राउन्ड क्लेयरन्स: १८० मिमी
- ब्याट्री वारन्टी: ५ वर्ष वा ३ लाख किलोमिटर
- मोटर वारन्टी: ५ वर्ष वा २ लाख किलोमिटर
- शुरुआती मूल्य: रु. ५६.५ लाख मात्र