मंगलवार, श्रावण १९,२०८३ 04:34:49
Bizshala
  • मंगलवार, श्रावण १९,२०८३ 04:34:49
Bizshala
Global IME Bank Limited

प्रधानमन्त्रीको निर्देशनमा थुनामुक्त भए १० बैंकर

प्रधानमन्त्रीको निर्देशनमा थुनामुक्त भए १० बैंकर
New Office

काठमाण्डौं । कम मूल्यको धितोमा धेरै लोन दिएको आरोपमा पक्राउ परेका १० बैंकर थुनामुक्त भएका छन् ।  

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो(सीआईबी)ले बिहीबार फागुन १५ गते पक्राउ परेका बैंकरलाई हाजिरी जमानीमा थुनामुक्त गरेको हो । 

देउराली सहकारीका अध्यक्ष देवेन्द्र चौलागाई र उनकी पत्नीको कम्पनीलाई कम धितोमै पनि अत्यधिक लोन प्रवाह गरेको आरोपमा सीइआईबीको टोलीले फागुन १५ गते राजधानीका विभिन्न स्थानबाट तत्कालीन सेञ्चुरी बैंकका सीइओद्वय तुल्सीराम गौतम र मनोज न्यौपानेसहितको १० बैंकरलाई पक्राउ गरेको थियो ।  

पक्राउ परेपछि उनीहरुलाई ७, ७ र ५ दिन गरी तीनपटक थुनामा राखी अनुसन्धान गर्ने अदालतबाट अनुमति लिएर सीआईबीले अनुसन्धानलाई जारी राखेको थियो ।  

एमालेसहितको नयाँ गठबन्धन र नयाँ सरकार बनेपछि निजी क्षेत्र र बैंकरहरुको आत्माविश्वास जगाउने उद्देश्यले अर्थमन्त्रीको जोडबल र प्रधानमन्त्रीको निर्देशनमा सबै बैंकरलाई थुनामुक्त गरिएको स्रोतले जनाएको छ ।  

थुनामुक्त भए पनि सबै बैंकरले बाहिरै बसेर सीआईबीको अनुसन्धानलाई सहयोग गर्नुपर्नेछ ।  

सीआइबीको प्रवक्ता होबिन्द्र बोगटीले १० बैंकरलाई परिवारजन र बैंकको जमानीमा थुनामुक्त गरिएको र अनुसन्धान अझै लम्बिने देखिएकोले उनीहरुले बाहिरै बसेर अनुसन्धानलाई सहयोग गर्नुपर्ने बताएका छन् ।  

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

यो पनि हेर्नुहोस

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.