• सोमबार, श्रावण २६,२०८२ 12:45:46
Global IME Bank Limited

आम्दानी घटेपनि वित्त खर्चमा कमी आएसँगै बढ्यो सिक्लेस हाईड्रोपावरको नाफा

Hyundai Nepal
आम्दानी घटेपनि वित्त खर्चमा कमी आएसँगै बढ्यो सिक्लेस हाईड्रोपावरको नाफा
Shivam Cement

काठमाण्डौ । आम्दानी घटेपनि सिक्लेस हाईड्रोपावर लिमिटेडको नाफा बढेको छ । कम्पनीले वित्त खर्चमा कटौती गर्दै नाफा बढाएको हो ।  

कम्पनीले गत आवको चौथो त्रैमाससम्म ७ करोड ७४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो रकम अघिल्लो आवको तुलनामा ६३.२६ प्रतिशतले बढी हो । अघिल्लो आवको चौथो त्रैमाससम्म कम्पनीले ४ करोड ७४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।  

Shivam Cement
Muktinath Bikas Bank Limited

कम्पनीको कुल आम्दानी घटेको छ । कम्पनीले चौथो त्रैमासको अन्त्यसम्म ३० करोड ३० लाख रुपैयाँबराबरको कुल आम्दानी गरेको छ  । अघिल्लो आवमा भने कम्पनीको कुल आम्दानी ३० करोड ८१ लाख रुपैयाँ रहेको थियो ।  

त्यस्तै कम्पनीको कुल सञ्चालन खर्च ६ करोड ३२ लाख र कुल गैर सञ्चालन खर्च १६ करोड २२ लाख रुपैयाँ रहेको छ । कम्पनीले वित्त खर्च भने घटाएको छ । अघिल्लो आवमा १२ करोड १३ लाख रुपैयाँ रहेको कम्पनीको वित्त खर्च घटेर ७ करोड ७३ लाखमा सीमित बनेको छ । कम्पनीको रिजर्भको आकार ६ करोड ८० लाखबाट बढेर १३ करोड ४६ लाख रुपैयाँ पुगेको छ ।    

कम्पनीको प्रतिसेयर आम्दानी(इपीएस)९.१२ रुपैयाँ, मूल्य आम्दानी अनुपात ९४.३८ गुणा र प्रतिसेयर नेटवर्थ ११५.८४ रुपैयाँ कायम भएको छ । 

Nepal Investment Mega Bank Limited
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.