काठमाण्डौ । सम्पदा लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षमा ८ करोड ३ लाख रुपैयाँ नाफा कमाउन सफल भएको छ । संस्थाको यो नाफा अघिल्लो आवको तुलनामा ९.४१% बढी हो । अघिल्लो आवमा यो संस्थाले ७ करोड ३४ लाख रुपैयाँ नाफा कमाएको थियो । कम्पनीको खुद ब्याज आम्दानी र कमिसन आम्दानी उल्लेख्य बढ्दा नाफामा टेवा पुगेको हो ।
गत आवमा संस्थाको खुद ब्याज आम्दानी ७८.०१ प्रतिशतले बढेर ५३ करोड ५२ लाख रुपैयाँ पुगेको छ भने कमिसन आम्दानी ६९.५३ प्रतिशत बढेर १० करोड ३२ लाख रुपैयाँ पुगेको छ छ । अघिल्लो आवमा संस्थाको यस्तो आम्दानी क्रमशः ३० करोड ६ लाख रुपैयाँ र ६ करोड ८ लाख रुपैयाँ थियो । कम्पनीले सो अवधिसम्म २ अर्ब ७२ करोड २७ लाख रुपैयाँ निक्षेप संकलन गरेको छ भने ९ अर्ब ८८ करोड ८३ लाख रुपैयाँ बराबरको कर्जा परिचालन गरेको छ ।
संस्थाको निक्षेप अघिल्लो आवको तुलनामा ७.०६ प्रतिशत बढेको छ भने कर्जा परिचालन १.३८ प्रतिशत बढेको छ । कम्पनीको खराब कर्जा अनुपात ६ प्रतिशत पुगेको छ । अघिल्लो आवमा भने संस्थाको एनपीएल ४.८० प्रतिशत थियो । साथै संस्थाको सिडि रेसियो ९४.२३ प्रतिशत, बेस रेट १२.०४ प्रतिशत र कस्ट अफ फण्ड ८.४४ प्रतिशत रहेको छ ।
सो अवधिसम्म संस्थाको वितरणयोग्य मुनाफा ८ करोड ५३ लाख ३३ हजार रुपैयाँ रहेको छ । संस्थाको चुक्तापूँजी ७० करोड ८ लाख रुपैयाँ रहेको छ भने रिटेन्ड अर्निङ ८ करोड ५३ लाख ३३ हजार रुपैयाँ रहेको छ । संस्थाको रिजर्भ फण्डमा २६ करोड ५६ लाख रुपैयाँ संचित रहेको छ ।
त्यस्तै, इपीएस ०.९८ रुपैयाँ बढेर ११.४६ रुपैयाँ पुगेको छ भने नेटवर्थ १५०.०८ रुपैयाँ, मूल्य आम्दानी अनुपात ९०.६० गुणा र तरलता अनुपात ७.२१ प्रतिशत रहेको छ ।