बिहीबार, बैशाख ३१,२०८३ 04:23:00
Bizshala
  • बिहीबार, बैशाख ३१,२०८३ 04:23:00
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

नेपाल बैंकको नाफा १३१७५.८९% ले बढ्यो, वितरणयोग्य मुनाफा भने ऋणात्मक

Laxmi Sunrise Bank Limited
नेपाल बैंकको नाफा १३१७५.८९% ले बढ्यो, वितरणयोग्य मुनाफा भने ऋणात्मक
Shivam Cement

काठमाण्डौ । नेपाल बैंक लिमिटेडको खुद नाफा १३१७५.८९ प्रतिशतले बढेको छ । गत आवको अन्त्यसम्म बैंकले ३ अर्ब ७७ करोड ३० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो आवमा भने बैंकले जम्मा २ करोड ८४ लाख रुपैयाँ मात्रै नाफा कमाएको थियो । बैंकको खुद ब्याज आम्दानीमा सुधार देखिदा नाफा बढ्न पुगेको हो । 

Bizshala
New Office
CG Motors

अघिल्लो आवमा ८ अर्ब ६३ करोड ४७ लाख रुपैयाँ ब्याज आम्दानी गरेको बैंकले गत आवमा १६.८२ प्रतिशत बढाएर १० अर्ब ८ करोड ७१ लाख रुपैयाँ ब्याज आम्दानी गरेको छ । साथै बैंकको कमिसन आम्दानी पनि ६.०७ प्रतिशत बढेर १ अर्ब १७ करोड ४९ लाख रुपैयाँ पुगेको छ । बैंकको खराब कर्जा ४.३३ प्रतिशतबाट बढेर ४.४७ प्रतिशत पुगेको भने सिडि रेसियो ७०.७२ प्रतिशत, कस्ट अफ फण्ड ३.७४ प्रतिशत, बेस रेट ५.५८ प्रतिशत र स्प्रेड दर ३.९० प्रतिशत रहेको छ ।

बैंकको लाभांश क्षमता भने ४४ करोड ९० लाख रुपैयाँ ऋणात्मक अवस्थामा रहेको छ । यसर्थ लाभांश क्षमता समेत ३.०६ प्रतिशत ऋणात्मक नै रहेको छ । बैंकको इपीएस ०.१९ रुपैयाँबाट बढेर २५.६८ रुपैयाँ पुगेको छ भने प्रतिसेयर नेटवर्थ २५९.८१ रुपैयाँ, पीई रेसियो ११.३५ गुणा, तरलता ३८.३३ प्रतिशत र आरओए १.०२ प्रतिशत रहेको छ ।

Garima Development Bank
Shivam Cement
IME remit
Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.