मंगलवार, श्रावण १९,२०८३ 04:35:41
Bizshala
  • मंगलवार, श्रावण १९,२०८३ 04:35:41
Bizshala
Global IME Bank Limited

सर्वोत्तम सिमेन्टको नाफा ५७२% को उछालका साथ १ अर्ब नाघ्यो, ईपीएसमा पनि उल्लेख्य सुधार

सर्वोत्तम सिमेन्टको नाफा ५७२% को उछालका साथ १ अर्ब नाघ्यो, ईपीएसमा पनि उल्लेख्य सुधार
New Office

काठमाण्डौ । सर्वोत्तम सिमेन्ट लिमिटेडको आम्दानी र नाफामा उल्लेख्य सुधार आएको छ । कम्पनीले गत आवको चौथो त्रैमाससम्म १ अर्ब ४५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो रकम अघिल्लो आवको सोही अवधिको तुलनामा ५७२.५१ प्रतिशतले बढी हो । अघिल्लो आवको सोही अवधिसम्म भने कम्पनीले १४करोड ९३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।  

यस्तै कम्पनीको बिक्री आम्दानी समेत १७३.०१ प्रतिशतले बढेको छ । कम्पनीले बिक्रीमार्फत २ अर्ब ६ करोड रुपैयाँ आर्जन गरेको छ । अघिल्लो आवमा भने यस्तो रकम ७५ करोड  ५४ लाखमा सीमित थियो ।  

कम्पनीको अन्य आम्दानी समेत बढेको छ । अघिल्लो आवमा ५ करोड ९ लाख रुपैयाँबराबरको अन्य आम्दानी गरेको कम्पनीले चालु आवमा भने १६ करोड १९ लाख रुपैयाँ आर्जन गरेको छ ।  

कम्पनीको खर्च समेत बढेको छ । कम्पनीले समीक्षा अवधिसम्म ९४ करोड ८१ लाख रुपैयाँ कुल खर्च गरेको छ । अघिल्लो आवमा भने कम्पनीले ६१ करोड ४१ लाख रुपैयाँबराबरको कुल खर्च गरेको थियो ।    

४ अर्ब ९७ करोड रुपैयाँबराबरको चुक्तापूँजी भएको कम्पनीको रिभ्यालुएसन रिजर्भमा ३३ करोड ६८ लाख रुपैयाँ सञ्चित रहेको छ । कम्पनीको कुल चालु सम्पत्ति ५ अर्ब २५ करोड र कुल चालु दायित्व ४ अर्ब २६ करोड रहेको छ ।  

यस्तै कम्पनीले यो अवधिसम्म ३ अर्ब ७१ करोड अल्पकालिन र ९ करोड ९७ लाख दीर्घकालिन कर्जा लिएको छ ।  

समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी(ईपीएस)३.७४ रुपैयाँबाट बढेर २०.१९ रुपैयाँ पुगेको छ । यस्तै कम्पनीको प्रतिसेयर नेटवर्थ २०२ रुपैयाँ, प्रतिसेयर कुल सम्पत्तिको मूल्य ३०१.९२ रुपैयाँ र तरलता अनुपात १.२३ प्रतिशत कायम भएको छ । 

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.