बिहीबार, असार १८,२०८३ 07:36:28
Bizshala
  • बिहीबार, असार १८,२०८३ 07:36:28
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

शिखर इन्स्यारेन्सद्वारा नयाँ स्वास्थ्य बीमा ‘शिखर स्वास्थ्य सुरक्षा’ को आरम्भ

Laxmi Sunrise Bank Limited
शिखर इन्स्यारेन्सद्वारा नयाँ स्वास्थ्य बीमा ‘शिखर स्वास्थ्य सुरक्षा’ को आरम्भ

काठमाण्डौ । शिखर इन्स्योरेन्सबाट नयाँ स्वास्थ्य बीमा योजना ‘शिखर स्वास्थ्य सुरक्षा’ को सुरुवात भएको छ । भदौ २ गते मेडिसिटि अस्पतालमा एक कार्यक्रमको आयोजना गरी शिखर स्वास्थ्य सुरक्षा बीमाको औपचारिक शुभारम्भ गरिएको हो ।

व्यक्तिगत तथा परिवारका सम्पूर्ण सदस्यहरुको बीमा गर्न मिल्ने यस स्वास्थ्य बीमा योजनामा रु.२० लाखसम्मको स्वास्थ्य बीमा गर्न सकिनेछ । हाल नेपालको स्वास्थ्य बीमाको क्षेत्रमा सिमित रकमसम्मको मात्र बीमा सेवा प्राप्त भइरहेको परिप्रेक्षमा शिखर स्वास्थ्य सुरक्षा मार्फत रु.२० लाखसम्मको बीमागर्न सकिने भएकोले हालको बढदो स्वास्थ्य उपचार खर्चको लागि उत्तम विकल्पको रुपमा रहन जाने हाम्रो विश्वास रहेको छ ।

New Office
CG Motors
Garima Development Bank

यस स्वास्थ्य बीमामा शिखर इन्स्योरेन्ससँग आवद्ध रहेका नेपालका प्रतिष्ठित अस्पतालहरुमा भर्ना भई उपचार गराउँदा नगदरहित स्वास्थ्य सेवा प्राप्त गर्न सकिनेछ भने बीमाकं रकमको १० प्रतिशत रकम(अधिकतम रु.१ लाख सम्म) को बहिरंग उपचारको समेत बीमा दाबी प्राप्त गर्न सकिनेछ । नगदरहित स्वास्थ्य उपचार सेवाअन्तर्गत बिमितले अस्पताल भर्ना भई उपचार गराउँदा बीमाको रकमबराबरसम्मको उपचारको लागि बिमितले अस्पतालमा बिल भुक्तानी गर्नु पर्ने छैन र शिखर इन्स्योेरेन्सबाट सजिलै तथा सिधै अस्पताललाई नै बीमा दाबी भुक्तानी गरिनेछ । नगदरहित उपचार सेवा प्राप्त गर्न सकिने भएकोले शिखर स्वास्थ्य सुरक्षामार्फत बिमितले झन्झट रहित स्वास्थ्य सेवा प्राप्त गर्न सक्नेछ ।

शिखर स्वास्थ्य सुरक्षामा अस्पताल भर्ना भई गरिने उपचारको लागि ३० दिन सम्मको प्री–हस्पिटलाइजेसन र ६० दिनसम्मको पोष्ट हस्पिटलाइजेसन खर्चको समेत बीमा दाबी पाइन्छ । अस्पताल भर्ना नभई गर्न सकिने उपचार अन्तर्गत १५० भन्दा बढी डे केयर उपचारको समेत बीमा सुरक्षण प्राप्त हुन्छ ।  

साथै, भर्खर जन्मेका नवजात शिशुको समेत अस्पताल भर्ना भई गरिने उपचारको बीमा सुरक्षण प्राप्त गर्न सकिन्छ ।

यसका साथै शिखर स्वास्थ्य सुरक्षा बीमाअन्तगर्त दाबी नपरेको अवस्थामा बीमा लेखन विकरण गर्दा नो क्लेम बोनस समेत प्राप्त हुने भएकोले दिर्घकालिन रुपमै यस बीमा योजनाबाट बिमितहरुले लाभ प्राप्त गर्न सकिन्छ ।

यस बीमा सेवा नेपालमा बस्ने नेपालीको साथै नेपालमा बस्ने विदेशी नागरीकहरुले समेत प्राप्त गर्न सकिनेछ ।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.