काठमाण्डौ । साताको अन्तिम कारोबार दिन सेयरबजारमा ५ अर्ब रुपैयाँमाथिको सेयर कारोबार भएको छ । आज सर्वाधिक सेयर कारोबार गर्ने शीर्ष १० ब्रोकर कम्पनीहरुमा ५ वटाबाट उच्च खरिद भएको छ भने ५ वटाबाट उच्च बिक्री भएको छ ।
उच्च खरिद गर्ने ब्रोकरहरुमा सनि सेक्युरिटिज, आर्यतारा इन्भेष्टमेन्ट एण्ड सेक्युरिटिज, एबीसी सेक्युरिटिज, नेपाल स्टक हाउस र कोहीनुर इन्भेष्टमेन्ट एण्ड सेक्युरिटिज रहेका छन् ।
त्यस्तै, उच्च बिक्री गर्ने ब्रोकरहरुमा नासा सेक्युरिटिज, इम्पेरियल सेक्युरिटिज, भिजन सेक्युरिटिज, अनलाइन सेक्युरिटिज र श्रीहरि सेक्युरिटिज रहेका छन् ।
आज सर्वाधिक कारोबार गर्ने ब्रोकरमा नासा सेक्युरिटिज रहेको छ । उक्त ब्रोकरबाट मात्रै आज ८१ करोड ८६ लाख रुपैयाँमाथिको सेयर कारोबार भएको छ । जसमा ३७.४१ प्रतिशत सेयर खरिद भएको छ भने ६२.५९ प्रतिशत सेयर बिक्री भएको छ ।
