बिहीबार, बैशाख ३१,२०८३ 08:15:20
Bizshala
  • बिहीबार, बैशाख ३१,२०८३ 08:15:20
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

होन्डाको दशैं योजना ‘चंगा उड्छ फरर, होन्डा कारमा सरर’ सार्वजनिक

Laxmi Sunrise Bank Limited
होन्डाको दशैं योजना ‘चंगा उड्छ फरर, होन्डा कारमा सरर’ सार्वजनिक
Shivam Cement

काठमाण्डौ । नेपालका लागि होन्डा कारको आधिकारिक बिक्रेता स्याकार ट्रेडिङ कम्पनी प्रालिले हिन्दूहरूको महान् चाड दशैंको अवसर पारेर आफ्ना ग्राहकहरूका लागि आकर्षक योजना ‘चंगा उड्छ फरर, होन्डा कारमा सरर’ सार्वजनिक गरेको छ ।  

‘यो दशैं वेष्ट भ्यालु रोज्नुहोस्’ भन्ने नाराका साथ ल्याइएको यो योजना भदौ ७ गतेदेखि २०८२ कार्तिक १४ गतेसम्म नेपाल अधिराज्यभरका सबै होन्डा शोरूमहरूमा लागू हुनेछ । यस योजनाको मुख्य उद्देश्य चाडपर्वको समयमा गाडी खरिद गर्न चाहने ग्राहकहरूलाई उत्कृष्ट मूल्य र सेवा प्रदान गर्नु रहेको छ ।

Bizshala
New Office
CG Motors

यस योजना अन्तर्गत ग्राहकहरूले होन्डा कारको खरिदमा विभिन्न आकर्षक सुविधाहरू प्राप्त गर्न सक्नेछन् । कम्पनीले रु. ४ लाखसम्मको आकर्षक नगद छुटको व्यवस्था गरेको छ । यसका साथै, ग्राहकहरूले ५ वर्षको लागि निःशुल्क सर्भिसिङ, १ वर्षको निःशुल्क फुल इन्स्योरेन्स, र १ वर्षको लागि सडक करमा छुट जस्ता सुविधा पनि पाउनेछन्। पुराना गाडीसँग नयाँ होन्डा साट्न चाहने ग्राहकहरूका लागि रु. २५ हजारबराबरको एक्सचेन्ज बोनसको पनि व्यवस्था गरिएको छ ।

यसबाहेक, ग्राहकहरूले हरेक गाडीको खरिदमा निःशुल्क एसेसरिज, २ वर्षको इन्जिन वारेन्टी, र एक पटकको लागि निःशुल्क रोडसाइड असिस्टेन्स जस्ता थप सुविधा पनि प्राप्त गर्नेछन् । यी सबै अफरहरूले ग्राहकहरूलाई होन्डा गाडीको स्वामित्व ग्रहण गर्दा पूर्ण मानसिक शान्ति र उत्कृष्ट अनुभव प्रदान गर्ने कम्पनीले विश्वास लिएको छ ।  

यो योजना होन्डाका लोकप्रिय मोडेलहरू जस्तै होन्डा सिटी, सिटी ईःएचईभी, एलिवेट, अमेज, र सिटी फिफ्थ जेनेरेसन लगायतका गाडीहरूमा उपलब्ध हुनेछ ।

Garima Development Bank
Shivam Cement
IME remit
Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.