सोमबार, भाद्र १६,२०८२ 08:19:25
  • सोमबार, भाद्र १६,२०८२ 08:19:25
Global IME Bank Limited

वातावरण र सामाजिक सुशासनसम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

Hyundai Nepal
वातावरण र सामाजिक सुशासनसम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न
Shivam Cement

काठमाण्डौ । नेपाल उद्योग वाणिज्य महासंघ, आईफसी र युरोपियन युनियनको आयोजना तथा नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशको सहकार्यमा विराटनगरमा वातावरण  र सामाजिक शुसासनसम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रमको अध्यक्षता नेपाल उद्योग वाणिज्य महासंघ राजेन्द्र राउतले गरेका थिए ।  

कार्यक्रममा उनले वातावरण र पर्यावरण र सामाजिक सुशासन (इन्भायरमेन्ट एण्ड सोसल गभर्मेन्स (ईएसजी) आजको विश्वव्यावसायिक जगतमा महत्वपूर्ण अवधारणा बनिसकेको अहिलेको परिप्रेक्षमा लगानीकर्ताहरूले अब कम्पनी वा उद्योगको मूल्य केवल नाफा र घाटामा मात्र होइन सामाजिक उत्तरदायित्व वातावरणीय प्रभाव र सुशासन अभ्यासको आधारमा पनि गर्ने गरेका वताउदै इएसजी अवधारणाले कोशीप्रदेशलाई मात्र होइन सम्पूर्ण नेपाललाई अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धी बनाउन मद्दत गर्ने र कोशी प्रदेशमा इएसजी अभ्यासहरूलाई अपनाउन सके भविष्यमा यो प्रदेश लगानीका आकर्षक गन्तव्य बन्न सक्ने कुरामा जोड दिए ।  

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

उनले नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशले विगत केही वर्ष यता पर्यावरण र सामाजिक सुशासनको मर्मसँग मेल खानेगरी सञ्चालन गरिएको कार्यक्रम संचालन गरेको‎ प्रदेशका विभिन्न जिल्लामा रहेका साना मध्यम उद्योगहरू,जुन विभिन्न जातजातिहरुले सञ्चालन गरेको उद्योगहरूको प्रवर्धनमा विशेष जोड दिएको बताए ।

‎महिलाद्वारा सञ्चालन गरिएका उद्योगलाई क्षमता विकास गर्न,नेपाली ढाका कपडा उत्सव आयोजना, ग्रामीण क्षेत्रमा रहेका साना उद्योगहरूको उत्पादनलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धी बनाउन, ब्रान्डिङ र क्षमता विकासका कार्यक्रमहरू,कोशी प्रदेशका विभिन्न जातजातिहरूले उत्पादन गरेका रैथाने उत्पादनहरूलाई विभिन्न महोत्सवमार्फत एउटै मञ्चमा ल्याई प्रवद्र्धन गर्ने कार्य सुरुवात गरेको जानकारी गराए ।  

कार्यक्रमको शत्रलाई अघि बढाउदै आईफसीका यजस्वी श्रेष्ठले आईफसीको परिचय तथा नेपालमा संचालित कार्यक्रमहरुको बारेमा र कार्यक्रमको उद्देश्यबारेमा कार्यपत्र प्रस्तुत गरेका थिए  ।  

यसै गरि आईफसीका लोपा रहमान र सोफिया टामोटले व्यवसायिक सुशासन र यसको महत्व र वातावरण र सामाजिक चुनौती बारेमा कार्यपत्र प्रस्तुत गरेका थिए ।  

कार्यक्रममा प्रस्तुत गरिएको कार्यपत्रमा मोरङ उद्योग ब्यापार संघका उपाध्यक्ष अनिल सारडाले उद्योगहरुको अवस्था बारेमा जानकारी गराउदै इएसजी मापदण्ड के के हुन भनि प्रश्न गरे ।  

ग्रिन यार्ड एग्रो फार्मका संचालक गिरीराज वस्नेतले कृषि क्षेत्रमा वातावरण जोखीम अधिक रहेको बताउदैे गाँई पालन क्षेत्रमा भएको जोखीमबारे अवगत गराए ।  

कार्यक्रममा सहभागिहरुले आईफसीले नेपालमा गर्ने लगानी तथा यसका प्रक्रियाबारेमा प्रश्न गरेका थिए ।  

कार्यक्रममा उठेका प्रश्नहरुको जवाफ आईएफसीका प्रतिनिधिहरुले दिएका थिए ।  

Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.