मंगलवार, भाद्र १७,२०८२ 09:40:24
  • मंगलवार, भाद्र १७,२०८२ 09:40:24
Global IME Bank Limited

देशकै ठूलो म्युचुअल फण्डमा लगानी गर्नुभयो ? पृथक स्किम, आकर्षक रिटर्न र अनुभवी टिमको गज्जब संयोजन !

Hyundai Nepal
देशकै ठूलो म्युचुअल फण्डमा लगानी गर्नुभयो ? पृथक स्किम, आकर्षक रिटर्न र अनुभवी टिमको गज्जब संयोजन !
Shivam Cement

काठमाण्डौ । देशकै सबैभन्दा ठूलो आकारको बन्दमुखी म्युचुअल फण्डको विषयमा तपाईले सुन्नुभएको छ ? वार्षिक रुपमा निकै राम्रो रिटर्नको प्रक्षेपण गरिएको देशकै ठूलो आकारको बन्दमुखी म्युचुअल फण्ड एचएलआई लार्ज क्याप फण्डका इकाईहरुको आईपीओ अहिले बिक्रीमा छ र यो फण्ड तथा यसको प्रवद्र्धक तथा व्यवस्थापकहरुलाई नजिकबाट चिनेकाहरुले मुद्दति निक्षेपबाट पैसा निकालेर यसमा खन्याइरहेका छन् ।  

हिमालन लाइफ इन्स्योरेन्स कोष प्रवद्र्धक रहेको तथा हिमालयन इन्भेष्टमेन्ट बैंकर लिमीटेड योजना व्यवस्थापक रहेको यो फण्डका रु. १० दरका ४० करोड इकाईहरु भदौ १५ गतेदेखि निश्कासन भएको हो । यो फण्डका इकाईहरुमा छिटोमा भदौ १८ गते र ढिलोमा भदौ २९ गतेभित्र खरीदका लागि आवेदन दिइसक्नुपर्नेछ ।  

आईपीओ खुलेको ३ दिनमै यो फण्डका १४ करोड हाराहारीका इकाईहरु बिक्री भइसकेका छन् ।  

देशकै ठूलो बन्दमुखी म्युचुअल स्किम मात्र नभई यसका केही फरक विशेषता र निकै अनुभवी टिमप्रतिको सर्वसाधारणको विश्वास लगायतका कारण यसका यूनिटप्रति सुरुवाती दिनमा निकै राम्रो आकर्षण देखिएको छ । 

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

किन फरक छ यो स्किम ?

नेपाल धितोपत्र बोर्डले यस्ता स्किमहरु आउँदा कुल आकारको कम्तीमा १५ प्रतिशत सिड क्यापिटल(बिऊ पूँजी)का लागि कोष प्रवद्र्धकले ग्यारेण्टी गर्नुपर्ने व्यवस्था गरेको छ । तर, एचएलआई लार्ज क्याप फण्डको प्रवद्र्धक हिमालयन लाइफले भने ५० प्रतिशत बिउ पूँजी हालेको छ । यसको अर्थ हो यो फण्डले भविष्यमा दिनसक्ने रिटर्नप्रति कोष प्रवद्र्धक उत्साहित देखिन्छ । कुल आकारको ५० प्रतिशत पूँजी कोष प्रवद्र्धकले हाल्नुको अर्को अर्थ अन्य फण्डमा लगानीको तुलनामा यसमा लगानी गर्दा सर्वसाधारणले भवितव्यमा व्यहोर्नुपर्ने जोखिमभार कम हुन्छ भन्ने हो । उदाहरणका लागि अरु फण्डमा १५ प्रतिशत मात्र सीड क्यापिटल लगानी गरिएको हुन्छ, जसका कारण बाँकी रहेको ८५ प्रतिशतको रिस्क लगानीकर्ताको टाउकोमा जान्छ । तर, यो फण्डमा ५० प्रतिशतको रिस्क नै कोष प्रवद्र्धकले बोकिदिएको छ, जुन निकै पृथक छ र लगानीकर्ताका लागि लगानीको उपयुक्त विकल्प पनि ।  

यो फण्डमा आफैंमा पृथक साइजका कारण पनि छ । हालसम्म ४ अर्ब रुपैयाँ बराबरको बन्दमुखी म्युचुअल फण्ड स्किम नेपाली बजारमा छैन । धितोपत्र बोर्डले दिएको थप सुविधा समेत उपयोग भएमा र यो फण्डका इकाईमा धेरैको आवेदन परेमा थप २५ प्रतिशतले आकार बढाउन सकिन्छ । यसको अर्थ धेरै आवेदन परेको खण्डमा यसको आकार ५ अर्बसम्म पुग्नसक्ने अवस्था देखिन्छ । ४ अर्ब वा ५ अर्ब नै पुगेको अवस्थामा समेत यो फण्ड नेपाली बजारको सबैभन्दा ठूलो आकारको म्युचुअल फण्ड हुनेछ ।  

यो फण्ड व्यवस्थापकको रुपमा रहेको हिमालयन इन्भेष्टमेन्ट बैंकर लिमीटेडमा अनुभवी टिम रहेको देखिन्छ । मर्चेन्ट बैंकिङमा लामो समयसम्मको अनुभवप्राप्त, दर्जनजति म्युचुअल फण्डमा काम गरेर उच्च अनुभवप्राप्त व्यक्तित्व, पूँजीबजारलाई निकै राम्रोसँग बुझेका विज्ञ तथा विश्लेषक लगायतको सहभागिता यो कम्पनीमा छ । यसकारण समेत सर्वसाधारणबाट सानो सानो रकम उठाएर त्यसलाई इक्वीटीमा लगानी गरी प्रक्षेपितभन्दा बढी वार्षिक रिटर्न दिनसक्ने क्षमताको विज्ञ टिम यो कम्पनीमा रहेको छ ।  

कति आउला रिटर्न ?

कम्पनीको प्रक्षेपणअनुसार यो फण्डले पहिलो वर्ष न्यूनतम ८ प्रतिशत रिटर्न दिनसक्छ । दोश्रो र तेश्रो वर्ष न्यूनतम १० र ११ प्रतिशत रिटर्न दिनसक्छ । चौथो, पाँचौ र छैठौं वर्ष १२ प्रतिशतका दरले इकाईधनीले रिटर्न पाउनसक्ने प्रक्षेपण गरिएको छ । सातौ वर्ष १३ प्रतिशत, आठौं र नवौं वर्ष १४ प्रतिशतका दरले लगानीकर्ताले रिटर्न पाउने कम्पनीको प्रक्षेपण छ ।  

दश वर्षे अवधिको यो बन्दमुखी स्किमको अवधि पूरा हुञ्जेलसम्म न्याभ बढेर प्रति यूनिट १९.१० रुपैयाँ पुग्ने विश्लेषण गरिएको छ । 

यसरी वार्षिक रिटर्नको न्यूनतम प्रक्षेपण र न्याभमा हुने सम्भावित बढोत्तरी लगायतलाई जोडेर हेर्दा वार्षिक रुपमा औसतमा १९ प्रतिशत हाराहारी रिटर्न दिइने कम्पनीको प्रक्षेपण छ ।  

'यो हामीले न्यूनतम अवस्थामा गरेको प्रक्षेपण हो । यहाँ कतिपय फण्डहरुले बजारको अवस्था सुधार हुँदा सतप्रतिशतसम्म रिटर्न दिएका इतिहास पनि छ ।' हिमालयन इन्भेष्टमेन्ट बैंकर लिमीटेडका सीओओ सुवास पौडेलले बिजशालासँग भने-' म्युचुअल फण्डमार्फत संकलन गरिएको रकम लगानीका लागि हामीसँग सिए, सिएफए, अर्थशास्त्री लगायतको अनुभवी टिम रहेको छ । मर्चेन्ट बैंकिङमै लामो अनुभव सम्हालेका साथीहरु पनि हामीसँग हुनुहुन्छ । यो फण्डमार्फत थोरै भए पनि बजारको डिमाण्ड साइडलाई बलियो बनाउनसक्छौं भन्नेमा हामी विश्वस्त छौं।'  

एचएलआई लार्ज क्याप फण्डले भविष्यमा ८५ प्रतिशत लगानी इक्वीटीमै गर्ने भएकोले यस्ता ठूला स्किमहरुले सेयर बजार सुस्त बनेको बेला भाइब्रेन्ट बनाउन प्रभावकारी भूमिका खेल्नसक्ने समेत विश्लेषण गरिएको छ । 

अझ यो पूर्ण रुपमा नयाँ फण्ड भएका कारण यसमार्फत संकलन भएको अधिकांश पूँजी सेयर बजारमै लगानी हुने भएकोले यस्ता फण्डहरुका कारण भविष्यमा बजारमा लगानी बढेर सकारात्मक माहौल सिर्जना हुने समेत विश्वास गरिएको छ ।  

यो स्किमले स्थिर आम्दानी हुने उपकरणहरुमा १५ प्रतिशत लगानी गर्ने रणनीति बनाएको छ ।  

इक्वीटीमा गरिने लगानीमा पनि राम्रो लाभांश क्षमता भएका कम्पनीमा ५० प्रतिशत(रणनीतिक लगानीको क्षेत्र) र सर्टटर्म लगानीको रुपमा बाँकी ५० प्रतिशत लगानी गर्ने रणनीति रहेको कम्पनीका अधिकारीहरुले बताएका छन् ।  

ठूलो साइज किन ?

हिमालयन इन्भेष्टमेन्ट बैंकर लिमीटेडका प्रमुख कार्यकारी अधिकृत सुमेर एसजेबी राणाले प्यारेन्ट कम्पनी(हिमालयन लाइफ इन्स्योरेन्स)को रेभेन्यू हङ्गरलाई सम्बोधन गर्ने क्रममा यो फण्डको साइज ४ अर्ब पुगेको प्रष्ट पारे । ‘हाम्रो प्यारेन्ट कम्पनीले नै २ अर्ब लगानी गर्ने र ५० प्रतिशतको रिस्क लिने क्यापासिटी देखाइसकेपछि फण्ड म्यानेजरको हिसाबले हामीले पनि ४ अर्बको स्किम ल्याउने तत्परता देखाएका हौं ।’ उनले भने–‘उहाँहरुले हामी २ अर्ब लगानी गर्छौ, तिमी कमाएर दिनसक्छौं भने अगाडि बढ भनेपछि फण्ड म्यानेजरको हिसाबले हामी पछाडि हट्ने कुरा भएन ।’

उनले पहिला दैनिक १ करोड हाराहारीको सेयर कारोबार हुने देशको पूँजीबजारको आकार बढेर अहिले दैनिक ६–७ अर्बको हाराहारीमा कारोबार हुने अवस्था बनेको उल्लेख गर्दै अबको अवस्थामा ४ अर्बको फण्डलाई धेरै ठूलो भन्न नमिल्ने समेत जिकिर गरे । ‘यो त अब समयको माग पनि भयो नि ।’ उनले थपे।

हालसालै जन्मिएको कम्पनी भएकोले सामान्य घाटामा रहे पनि चालु आर्थिक वर्षको पहिलो त्रैमासबाट नै नाफामा जाने निश्चित देखिएको र फण्डका इकाई बाँडफाँड भएपछि त नाफा अझै बढ्ने भन्दै फण्डले मर्चेन्ट बैंकिङ उद्योगमा नयाँ मानक सेट गर्ने विश्वास व्यक्त गरे ।  

लोभलाग्दो अनुभवी टिम

हिमालयन इन्भेष्टमेन्ट बैंकर लिमीटेडको सीईओको रुपमा कार्यरत सुमेर एसजेबी राणासँग वाणिज्य बैंक र मर्चेन्ट बैंकिङको क्षेत्रमा २० वर्षभन्दा बढी काम गरेको अनुभव छ । उनी वित्तीय विश्लेषणको क्षेत्रमा समेत परिचित र अब्बल छन् ।  

टिममा सीओओको रुपमा रहेका पौडेल पनि म्युचुअल फण्डमै काम गरेर खारिएका बैंकर हुन् । उनकै नेतृत्वमा विगतमा विभिन्न मर्चेन्ट बैंकहरुले करिब १० वटा म्युचुअल फण्ड बजारमा ल्याइसकेका छन् ।  

यसबाहेक फण्ड सुपरभाइजरको रुपमा सिए दिपकबाबु मैनाली, सन्तोषराज खनाल, अकाडेमिक क्षेत्रमा सुपरिचत डा. विभव न्यौपाने, राजनप्रसाद कँडेल, २० वर्षभन्दा बढी लामो अनुभवप्राप्त सिए दीपेन्द्रकुमार मिश्र रहेका छन् । फण्ड स्पोन्सरको ततर्फबाट हिमालयन लाइफ इन्स्योरेन्सका डेपुटी सीइओ कपिलकुमार दाहाल अध्यक्षको रुपमा छन् । उनी पनि सिए हुन् र १५ वर्ष लामो अनुभव रहेको छ ।

योजना व्यवस्थापक कम्पनीको सञ्चालकहरुमा समेत निकै लामो अनुभवप्राप्त व्यक्तित्वहरु रहेका छन् ।  

Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.