आईतवार, भाद्र २२,२०८२ 10:41:48
  • आईतवार, भाद्र २२,२०८२ 10:41:48
Global IME Bank Limited

झापा इनर्जीको आईपीओमा ३१ गुणा बढी आवेदन

Hyundai Nepal
झापा इनर्जीको आईपीओमा ३१ गुणा बढी आवेदन
Shivam Cement

काठमाण्डौ । झापा इनर्जी लिमिटेडको आइपीओमा ३१ गुणा बढी आवेदन परेको छ । सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडका अनुसार आजसम्म कम्पनीको आइपीओमा १२ लाख ९९ हजार ७५६ जनाले आवेदन दिएका छन् ।  

कम्पनीको आइपीओमा १ अर्ब ४७ करोड ५ लाख ७८ हजार रुपैयाँबराबरको १ करोड ४७ लाख ५ हजार ७८० कित्ताका लागि आवेदन परेको छ, जुन यो मागभन्दा ३१.०६ गुणा बढी आवेदन हो ।  

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

झापा इनर्जी लिमिटेडले भदौ २० गतेदेखि आम सर्वसाधारणका लागि आईपीओ जारी गरेको हो । कम्पनीले आम सर्वसाधारणका लागि ४ करोड ७३ लाख ३३ हजार रुपैयाँबराबरको रु। १०० अंकित दरका ४ लाख ७३ हजार ३३६ कित्ता सेयर जारी गरेको छ ।  

कम्पनीले सामूहिक लगानी कोषका लागि २८ हजार ५१४ कित्ता र कर्मचारीहरुका लागि ११ हजार ४०६ कित्ता छुट्टाएको छ । लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतममा ५ हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् ।  

लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनले तोकेका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन् ।  

यसका साथै लगानीकर्ताले मेरो सेयरबाट समेत आवेदन दिन सक्नेछन् । यो आईपीओ निष्काशन बन्द छिटोमा भदौ २४ गते र ढिलोमा असोज ३ गते हुनेछ ।  

कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकको रुपमा हिमालयन क्यापिटल लिमिटेड रहेको छ ।

IME remit
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.