काठमाण्डौ । नेपाली सेनाले नेपालको सेनाका बारेमा सार्वजनिक भईरहेको भ्रामक र झुटा समाचारमा विश्वास नगर्न आग्रह गरेको छ । नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयले एक विज्ञप्ती जारी गर्दै विद्यमान परिस्थितिमा सेनालाई जोडेर विभिन्न प्रकारका टिका टिप्पणी, धारणा र विश्लेषणहरू सम्प्रेषण भइरहेको भन्दै भ्रामक र झुटा समाचारमा विश्वास नगर्न आग्रह गरेको हो ।
‘विद्यामान परिस्थितिमा नेपाली सेनालाई जोडेर विभिन्न प्रकारका टिका टिप्पणी, धाराणा र विश्लेषणहरू सम्प्रेषण भएकोमा नेपाली सेनाले आफ्नो धारणा र गतिविधिहरू नियमित रुपमा प्रेस विज्ञप्ति, प्रेस नोट र आधिकारिक सामाजिक सञ्जालमार्फत् सार्वजनिक गर्दै आएको छ। तसर्थ भ्रामक र झुटा समाचारहरूमा विश्वास नगर्न आम सर्वसाधारणहरूमा नेपाली सेना आग्रह गर्दछ’ विज्ञप्तीमा उल्लेख छ ।
यस्तै सेनाले सूचना आदान प्रदानका लागि जनसम्पर्क तथा सूचना निर्देशनालय लगायत स्थानिय स्तरमा देशभरका ८ वटा पृतना हेडक्वार्टरहरूसँग समन्वय गर्न पनि आग्रह गरेको छ।