काठमाण्डौ । ब्राजिलका पूर्व राष्ट्रपति जैर बोल्सोनारोलाई सैनिक विद्रोहको योजना बनाएको अभियोगमा २७ वर्ष तीन महिनाको जेल सजाय सुनाइएको छ । ब्राजिलको सर्वोच्च अदालतका पाँच न्यायाधीशको प्यानलले उनलाई दोषी ठहर गरेको केही घण्टापछि नै यो सजायको घोषणा गरेको हो ।
अदालतले बोल्सोनारोले २०२२ को चुनावमा वामपन्थी प्रतिद्वन्द्वी लुइज इनासियो लुला दा सिल्भासँग हारेपछि सत्तामा रहन षड्यन्त्र गरेको बताएको छ। पाँचमध्ये चार न्यायाधीशले उनलाई दोषी ठहर गरे भने एकजनाले सफाइको पक्षमा मतदान गरे।
बोल्सोनारोका वकिलहरूले सजायलाई अत्यधिक भनेर वर्णन गरेका छन् र उनीहरूले निर्णयविरुद्ध अपील गर्ने बताएका छन्।