ब्राजिलका पूर्वराष्ट्रपतिलाई २७ वर्षभन्दा बढी जेल सजाय
काठमाण्डौ । ब्राजिलका पूर्व राष्ट्रपति जैर बोल्सोनारोलाई सैनिक विद्रोहको योजना बनाएको अभियोगमा २७ वर्ष तीन महिनाको जेल सजाय सुनाइएको छ । ब्राजिलको सर्वोच्च अदालतका पाँच न्यायाधीशको प्यानलले उनलाई दोषी ठहर गरेको केही घण्टापछि नै यो सजायको घोषणा गरेको हो ।