• सोमबार, भाद्र ३०,२०८२ 04:50:27
Global IME Bank Limited

टर्कीमा पनि नेपालमा जस्तै जनविद्रोहको जोखिम, दशौं हजार मानिस सडकमा निस्किए

Hyundai Nepal
टर्कीमा पनि नेपालमा जस्तै जनविद्रोहको जोखिम, दशौं हजार मानिस सडकमा निस्किए

काठमाण्डौ । टर्कीको राजधानी अंकरामा हजारौं हजार मानिस सडकमा उत्रिएका छन् । उनीहरु विपक्षी पार्टीका प्रमुखलाई हटाउन सक्ने अदालतको एउटा निर्णयविरुद्ध आन्दोलनमा उत्रिएका हुन् । यस विषयमा सोमबार फैसला हुँदैछ ।  

अदालतले सन् २०२३ मा प्रमुख विपक्षी दल रिपब्लिकन पिपुल्स पार्टी(सीएचपी)ले आयोजना गरेको महाधिवेशनमा प्रक्रियागत अनियमितता भएको विषयमा आज सुनुवाई गर्दैछ । अदालतको सुनुवाई हुनुअघिनै हजारौं मानिसहरु सडकमा आएका हुन् ।  

यस निर्णयले सीएचपीको अस्तित्वनै संकटमा पर्ने, वित्तीय बजारलाई प्रभावित पार्ने र सन् २०२८ को चुनावलाई समेत असर गर्ने जनाइएको छ । अदालतले सुनुवाईमा बिलम्ब गर्न सक्ने समेत जनाइएको छ ।  

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

आइतबारको प्रदर्शनमा बोल्दै सीएचपीका नेता अजगर ओजेलले सरकारले प्रजातान्त्रिक मूल्य तथा मान्यतालाई लत्याउँदै र गत वर्ष स्थानिय चु्नावमा विपक्षीले हासिल गरेको जितलाई नजर अन्दाज गर्दै सत्ता कब्जा गर्न खोजेको बताए ।  

उनले समय अगावै चुनावको माग समेत गरेका छन् । ‘यो नितान्त राजनीतिक मुद्दाहो । हामीमाथि लागेको आरोप आधारहिन छन् । हाम्रा कमरेडहरु निर्दोष छन् । अहिले सरकारले जे गरिरहेको त्यो ‘कु’ हो । यो देशको भविष्यका राष्ट्रपति र भावि सरकारप्रतिको कु हो । हामी यसको विरोध गर्छौं, ओजेलले हजारौंको भिडलाई सम्बोधन गर्दै भने ।  

तर सरकारले भने विपक्षीको आरोपलाई नकार्दै यसमा कुनैपनि राजनीतिक उद्देश्य नभएको ्र न्यायालय निर्णय गर्न स्वतन्त्र भएको बताएको छ ।  

अटर्की सरकारले भ्रष्ट्राचारको अनुसमन्धान गर्न भन्दै विगत एक वर्षको अवधिमा ५ सय जनाभन्दा बढीलाई पक्राउ गरेको छ । जसमा १७ जना मेयर र अन्य सीएचपीद्वारा सञ्चालिन नगरपालिकाका अधिकारी रहेका छन् ।  

यस्तै हजारौं सीएचपी सदस्यहरुलाई समेत भ्रष्ट्राचार र आतंकवादको आरोपमा हिरासतमा राखिएको छ । यी मध्ये अध्यक्ष ताईइप इरडोगन र इस्तानबुलकका मेयर इक्रेम इमामोग्लु मुख्य व्यक्ति हुन् ।  

IME remit
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.